विश्व मत्स्य दिवस: दानव नदीमा ५० हजार भुरा छाडियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार १७:२६:२४
१५ मंसिर, भैरहवा । जलीय जैविक विविधताको संरक्षण गर्न दानव नदीमा माछाका भुरा छोडिएको छ । नस्ल सुधार गर्दै स्थानीय जातका माछाको संख्या बढाउने उद्देश्यले विश्व मत्सय दिवसकै अवसरमा नदीमा ५० हजारभन्दा बढी विभिन्न जातका माछाका भुरा छाडिएको हो ।
स्वदेशी जातका माछा लोप हुन थालेपछि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपाल मत्स्य व्यवसायी संघ, जलदेवी मत्स्य उत्पादक सहकारी लगायतको संयुक्त आयोजानमा नैनी, रहु जातका माछाको भुरा छाडिएको हो ।
स्थानीय माछा प्राकृतिक जलाश्यहरुमा घट्ने क्रममा रहेकोले जलीय विधिताको संरक्षण गर्न दिवसको सन्दर्भ पारेर जनचेतनामुलक प्रभातफेरी गरी नदीमा माछा छोडिएको शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रका मत्स्य अधिकृत रमेश जयसवालले बताए ।
मानवीय क्रियाकलापले माछाको संख्या घट्ने भएकोले सन्तुलन गर्नका लागि पनि विगतका वर्षहरु जस्तै यस वर्ष पनि माछाका भुरा छोडिएको हो । प्राकृतिक जलाशयमा विभिन्न मानवीय गतिविधिले स्थानीय जातको माछा नष्ट हुँदै गएका छन् । त्यसको संरक्षण र प्रवद्र्धन गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाश्यमा राखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा।प्रवेज आलमले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख नारायण काफ्लेले रुपन्देहीमा विगत ७ वर्षदेखि माछा सुपरजोन कार्यक्रम लागू भई माछाको व्यवसाय प्रवद्र्धन गर्दै प्राकृतिक जलाशयमा परम्परागत र स्थानीय माछाको सम्वद्र्धनमा कृषकहरुका लागि सहयोग गर्दै आएको बताए ।
कार्यालयले पनि कृषक र उद्यमीहरुलाई यान्त्रिकरण र प्रविधि प्रयोग गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नै कार्यमा सहकार्य गरेकाले कृषकहरु उत्साहित भएको काफ्ले बताउँछन् । दिवसको अवसरमा जनचेतनामुलक ¥याली गरिएको थियो भने लोप हुन लागेका माझीहरुलाई आफ्नो पेशाको संरक्षण गर्न प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार