पौँदीमा न्वागी मेलाको रौनक
नेपालबहस संवाददाता
मंसिर १२, २०७९ सोमबार २१:२३:२४
१२ मंसिर, बागलुङ । गएको सोमबार बिहान ९ः३१ को साइतमा पौँदेलीले न्वागी खाए । धानबाली भित्र्याएपछि बर्सेनि मंसिरको पहिलो साता पौँदीमा न्वागी खाने चलन छ । भर्खर भित्र्याइएको नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर खाइन्छ न्वागी ।
पौँदीवासी न्वागीको संस्कृतिलाई पर्वका रुपमा मान्छन् । न्वागी खाएलगत्तै मेला लगाउने परम्परा छ । यसपाली भने चुनावले मेला पछाडि धकेलिएर शनिबारदेखि सुरु भएको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले जानकारी दिए ।
“न्वागी खाएको दिनदेखि नै मेला सुरु गर्ने तयारी भए पनि चुनावका कारण केही दिनपछि सार्नुपर्यो”, उनले भने, “न्वागी पौँदी क्षेत्रको एतिहासिक पर्व हो, यसको परम्परा जोगियोस् भनेर मेलालाई संस्थागत रुप दिएका छौँ ।”
बागलुङ-गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा सयौँ वर्षदेखि न्वागी पर्व मनाइँदै आएको छ । मंसिर १ देखि ७ सम्ममा ज्योतिषले निकालेको शुभमूहर्त अनुसार न्वागी खाने चलन रहेको अध्यक्ष घिमिरेले बताए । त्यसपछि दुई÷तीन दिनसम्मै न्वागी खाने गरिएको उहाँको भनाइ छ । गुल्मीको मुसिकोट नगरपालिकाको नेटा, पौँदी अमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे ।
कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको कथन छ । “यकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो”, अध्यक्ष घिमिरेले भने, “पौँदी क्षेत्रमा धान खेती धेरै हुने भएकाले तत्कालीन राजा/रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ ।”
स्थानीयवासीको भनाइमा तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रुपमा रहेको उक्त खेतमा उब्जाउ भएको धान भित्र्याएपछि पहिलो परिकारका रुपमा न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ । त्यसपछि उक्त क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन छ ।
पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ । धान खेत नभएकाले पनि न्वागी खाएर पर्व मनाउँछन् । न्वागी खाएपछि मात्र नयाँ चामल प्रयोगमा ल्याउन पाइने मान्यता छ ।
समितिका सचिव विष्णुप्रसाद आचार्यका अनुसार पहिले त्यस क्षेत्रकै ठूलो मेलाका रुपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो । मेला भर्न बागलुङ र गुल्मीका गाउँगाउँबाट मानिस पौँदी झर्थे । पछिल्लो समय बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा मेला लाग्दै आएको छ । समयानुकूल मेलाकोस्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझैपनि मौलिकता जोगाउन लागिपरेका छन् ।
खेल, कला, संस्कृतिको उत्थान र व्यापार प्रवद्र्धनमा मेलाले टेवा पुर्याइरहेको आयोजकको भनाइ छ । लोकभजन, सोरठी, दोहोरी, सराय, लाखे नाचलगायत पम्परागत संस्कृति झल्काउने नाच र झाँकी यसपालिको मेलाका आकर्षण हुन् ।
दर्शक तान्न भलिबल जस्ता लोकप्रिय खेलदेखि राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिलाई पनि जोडिएको छ । कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमलाई मेलामा समेटिएको छ । मेला शुक्रबारसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार