१३ माघ २०७९, शुक्रबार
राजनीति

सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन : मन्त्री भुसाल

प्रकाशित मिति :  १२ मंसिर २०७९, सोमबार १७:४८


१२ मंसिर, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सुकुम्वासीमाथि  बल प्रयोग गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएकी छन् ।  सोमबार काठमाडौं महानगरपालिकाकाे टाेलीले थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन गरिएकाे प्रयासपछि मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्वासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन, दीर्घकालीन रूपमा समस्या समाधान गरिनुपर्छ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा दलबलसहित महानगरको टोली पुगेपछि तनाव सिर्जना भएको थियो । स्थानीयहरूले महानगरको टोलीमाथि ढुंगामुढा गर्दा प्रहरीसहित दर्जन बढी घाइते भएका छन् ।

यस्तै स्थानीयले सरकार र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता