१३ माघ २०७९, शुक्रबार

लक्ष्मी बैंकको नँँया एक्स्टेन्सन काउण्टर संखुवासभाको गोलाबजारमा

प्रकाशित मिति :  १२ मंसिर २०७९, सोमबार १७:५८


१२ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थितगोला बजारमा रहेको छ ।

योएक्स्टेन्सन काउन्टरको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको हो ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ वा मोवाईल बैंकिङ सेवाप्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता