बाँकेका पर्यटकीयस्थल ओझेलमा
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार १९:५७:१९
१४ मंसिर, नेपालगञ्ज । संरक्षण र सम्वद्र्धन हुन नसक्दा बाँकेमा रहेका पर्यटकीयस्थल ओझेलमा पर्न थालेका छन् । केही पर्यटकीय सम्भावना बोकेका त्यस्ता गन्तव्यमा लगानी नभएको र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नसक्दा पर्यटन व्यवसायीले उल्लेख्य काम गर्न सकेका छैनन । “पर्यटनको अध्ययन, अनुसन्धान र खोजी भएको छैन, त्यसका लागि वृहत परियोजना निर्माण गर्नुपर्छ”, नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भने ।
उनले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको छ भने। उनले पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताए । यहाँका राप्तीसोनारी, बैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रको रुपमा मानिन्छ । अध्यक्ष सिग्देलले यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना प्रचुर भएपनि त्यस्तो सोचको विकास हुन सकेको छैन भने । केही होम स्टे र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिएको उनको भनाइ थियो ।
राप्ती नदीमा ¥याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास र बैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताइएको छ । त्यस्तै, बाँके राष्टिय निकुञ्जलाई हात्ती सफारी, चारसिङ्गे मृगको बासस्थान रहेको क्षेत्र र पदयात्रा रुपमा विकास गर्न सकिने, यहाँ रहेका विभिन्न तालतलैयालाई ‘फिसिङ्’क्षेत्रका रुपमा विकास गरेर पर्यटकीय आर्कषण बढाउन सकिने प्रचुर सम्भावना देखिएको छ ।
यस बाहेक नेपालगञ्जमा रहेको महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, मिनी जु, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्धारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात मानिन्छ । नाट्टा च्याप्टर बाँकेका अध्यक्ष सिग्देलले पर्यटनलाई राज्यले कम प्राथमिकतामा राखेको गुनासो गर्नुभयो । स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासका लागि छुट्टा्याउने बजेट न्युन भएको उहाँको भनाइ छ । उनी भन्छन,“यहाँ गोहीको पनि बासस्थान छ, त्यसलाई खास पकेट क्षेत्र बनाएर त्यसमा पर्यटक वढाउन सकिन्छ ।”
पर्यटनको विकासका लागि लगानी भित्रिनुपर्छ । पर्यटनमैत्री वातावरण निर्माण हुनुपर्छ । “यसले पर्यटनको क्षेत्रमा कायापलट गर्न सकिन्छ”, उनले भने । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको उल्लेख गर्दै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिन्छन । उनले निकुञ्जलाई हात्तीसफारी, चार सिङ्गे मृग, बाघ लगायतका अन्य जन्तुकोसमेत बास्स्थान भएको क्षेत्रका रुपमा प्रचार गर्न सके यसले पर्यटकीय आर्कषण बढनसक्ने बताए ।
नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्णस्थलका रुपमासमेत विकास गर्न सकिने उनको सुझाव छ । उनी भन्छन, “यसक्षेत्रमा करिब आठ क्यासिनो, दुई पाँच तारे र १२ चार तारे होटेल छन् यसले यहाँको पर्यटन पवद्र्धन गर्न सहयोग गर्छ ।” यहाँ होटेलमा आउने अधिकांश भारतीय पर्यटक हुन ।
भारतको उत्तराखण्ड, उत्तरप्रदेश र विहारबाट धेरै पर्यटक नेपाल आउछन् । यस बाहेक आन्तरिक पर्यटकको समेत चहलपहल हुन्छ । बाँकेको निर्वाचन क्षेत्र नं ३ को ‘१’ बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित रत्न खत्रीले बैजानथा गाउँपालिकाको मानसरोवर प्रतिकात्मक बोटानिकल गार्डेनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नीति र योजना अघि ल्याउन गृहकार्य भइरहेको छ भने । उनले भने, “त्यस क्षेत्रमा जैविक पर्यटनको प्रचुर सम्भावना भएकाले त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सकिन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार