चैतन्यको सहसचिव परीक्षालक्षित सेमिनार हुँदै
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २३:३८:४७
१५ मंसिर, काठमाडौं । विगत एक दशक लामो समयदेखि शंखमूलस्थित चैतन्य एकेडेमीले सहसचिव तयारी परीक्षा लक्षित सेमिनारको आयोजना गर्दै आएको छ । उपसचिवबाट सहसचिवको तयारी गरिरहेकाहरूका लागि सहज होस् भन्ने उदेश्यका साथ चैतन्यले भौतिक उपस्थितिमा विज्ञ प्रशिक्षकको संलग्नतामा सेमिनार गर्दै आएको हो ।
यही मंसिर १५ देखि १९ गतेसम्म सेमिनारको आयोजना गरिने एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले बताए। बिहान ६ देखि बेलुकी ६:४० बजेसम्म प्रत्यक दिन सेमिनारका विभिन्न सेसन सञ्चालन हुने उनले जानकारी दिए ।
‘हामीले दैनिक पाँच वटा सेसन सञ्चालन गर्ने छौं। सेसनमा सम्भावित प्रश्नहरूमा अन्तरक्रिया र उत्तर लेखन छलफल हुनेछ । हरेक दिन एक सेट परीक्षा र दोश्रो दिन उत्तर पुस्तिका जाँच गरी नतिजा प्रकाशन गरिनेछ’ उनले भने। सम्बन्धित विषय विज्ञद्वारा नै सबै सेसनको सहजिकरण गरिने उनले बताए। लगभग ८० वटा सम्भावित नमूना प्रश्नहरूमा छलफल गरिने लक्ष्य रहेको जोशीको भनाइ छ ।
सेसनमा नेपाल सार्वजनिक प्रशासन नेतृत्वदायी तहका विज्ञ प्रशिक्षकले प्रशिक्षण दिने कार्यतालिका रहेको जोशीले बताए। उनले बिगत १० वर्षदेखि निरन्तर सञ्चालन गर्दै आइएको यस कार्यक्रमबाट विगत वर्षहरूमा उत्कृष्ट पृष्ठपोषण भएको र सबैले रुचाएको बताए ।
सेमिनारमा ३० मिनेट सम्बन्धित विषयवस्तुको राष्ट्रिय र अन्तरास्ट्रिय अभ्यास र विज्ञको धारणा राखिने तथा ३० मिनेट संवन्धित विषयका नमूना प्रश्नमा छलफल र उत्तर लेखन गाइडलाइने बताइएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईईको पहिलो दिन, अंग्रेजी विषयको परीक्षा
चैत १५, २०८० बिहिबार
शिक्षा मन्त्रालयको स्थानीय तहलाई परिपत्र, ‘निजी विद्यालयको शुल्कमा कडाई गर्नू’
चैत १२, २०८० सोमबार
मधेस प्रदेशमा एसईई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार