विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआईभी संक्रमणमा कमी
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २१:२९:१२
♦ शरद् शर्मा
१५ मंसिर, काठमाडौं । नेपालमा सन् २००० को तुलनामा एचआईभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआईभीको नयाँ संक्रमणमा कमि आएको जनाइएको छ ।
सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ संक्रमित फेला परेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले संक्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएको बताए । उनले सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले नयाँ संक्रमित कम भएको जानकारी दिए ।
“हामीले संक्रमितको पहिचान गरेर उपचार पद्दतिलाई राम्रो बनाएका छौँ”, उनले भने, “सबै संक्रमित उपचारमा आउने भएका र सर्न पनि कम भइरहेकाले नयाँ संक्रमित कम हुँदै गएका छन् ।” उनका अनुसार हरेक वर्ष नयाँ संक्रमित कम हुने गरेका छन् । यस्तै सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआईभी संक्रमित रहेका छन् ।
कुल संक्रमितमध्ये शुन्य दशमलव १२ प्रतिशत संक्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआईभी संक्रमण भएको तथ्याङ्कमा देखाइएको छ । यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार सात सय २३ संक्रमितले एन्टिरेट्रो भाइरस (एआरभी) उपचार लिइरहेका छन्, त्यो सङ्ख्या कूल एचआईभीको ७२ प्रतिशत मात्र हो ।
निर्देशक डा. देवकोटाले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार संक्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताउनुभयो । “अझै पनि करिब पाँच हजार संक्रमित उपचारभन्दा बाहिर रहेका छन्”, उनले भने, “हामी ती संक्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।”
उनले उपचार गरी भाइरल लोड ठिक भएका संक्रमितको समाजमा घुलमिल हुनका लागि वातावरण बनाउने अभियानमा आफूहरु रहेको बताए । “उपचारपछि ठिक भइरहेका संक्रमितलाई जीविकोपार्जन गर्नेसम्बन्धी कार्यक्रम हामीले ल्याउने तयारी गरेका छौँ”, उनले भने, “स्वस्थ भएका संक्रमित आफै केही गर्न सकिन्छ कि भनेर स्वावलम्बन बनाउने तयारीमा हामी रहेका छौँ ।”
उनले एचआईभी संक्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताए । सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको छ । सन् २००७ मा एक हजार सात सय ६५ जनाको एड्सका कारणले मृत्यु भएको छ । सन् २००७ भन्दा २०२१ मा ७१ प्रतिशतले कमि हो । केन्द्रका निर्देशक डा देवकोटाले सबैलाई उपचारमा ल्याइएको हुनाले मृत्यु दरमा कमि आएको बताए ।
उच्च जोखिममा को ?
नेपालमा एचआईभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशीने रहेका छन् ।
तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा संक्रमण दर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआईभी संक्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७/१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआईभी संक्रमण रहेको पाइएको छ । प्रदेश नं १, लुम्बिनी तथा सूदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालीमा एचआईभी संक्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ ।
नेपालमा राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङगी तथा तेस्रो लिङ्गी र रोजगारका लागि विदेशीने तथा तिनका दम्पती तथा जेलमा रहेका कैदीका लागि एचआईभी रोकथाम कार्यक्रम एवं संक्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।
योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआईभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआईभी संक्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतको भाइरल लोड सप्रेसन हासिल गर्ने तथा नयाँ संक्रमितलाई ९० प्रतिशतले कम गर्ने योजना सरकारको रहेको छ ।
अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने संक्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ ।
संक्रमण रोक्ने चुनौती
नयाँ एचआईभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पु¥याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको बताइएको छ ।
यस्तै नयाँ एचआईभी संक्रमितलाई उपचारका लागि रेफरको व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने, एचआईभी संक्रमितलाई प्राथमिकतामा राखी सिकिस्त संक्रमित र स्वस्थ संक्रमित केन्द्रीत उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन् ।
यस्तै एचआईभी संक्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउनका लागि सातवटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ । सन् १९८१ मा पहिलो पटक एचआईभी संक्रमित फेला परेका थिए । अहिले विश्वमा आठ करोड ४२ लाख मानिस एचआईभी संक्रमित रहेका छन् । अहिलेसम्म विश्वमा एड्सका कारणले चार करोड १० लाख मानिसको मृत्यु भएको तथ्याङ रहेको छ । सन् २०२१ को अन्त्यसम्म संसारमा तीन करोड ८४ लाख मानिस एचआईभी संक्रमित भएका छन् ।
सन् १९९६ को तुलनामा सन् २०२१ मा ५४ प्रतिशतले नयाँ संक्रमित घटेको पाइएको छ । सन् २०२१ मा १५ लाख नयाँ संक्रमित फेला परेका थिए । सन् १९९० देखि २०२१ सम्म एचआईभीको अवस्था हेर्दा सन २०२५ मा नयाँ संक्रमण घटाउने लक्ष्य देखाइएको छ ।
सन् २०२१ मा एक लाख ५० हजार बच्चामा नयाँ संक्रमण देखिएको जनाइएको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले घटेको हो । सन् २०१० मा तीन लाख २० हजारमा नयाँ संक्रमित रहेका थिए । सन् २०२१ मा छ लाख ५० हजार व्यक्तिको एड्सका कारणले मृत्यु भएको तथ्याङ्क रहेको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले कम हो ।
सन् २०१० मा १४ लाख मानिसको विश्वमा एड्सका कारणले मृत्यु भएको थियो । विश्वमा कूल संक्रमितमा तीन करोड ८४ लाखमध्ये दुई करोड ८७ लाखले मात्र एन्टिरेट्रोभाइरस (एआरभी) उपचारमा रहेका छन् । विश्वमा हरेक दिन चार हजार जना र नेपालमा हरेक दिन दुई जना एचआईभी संक्रमित हुने गरेका छन् ।
आज डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ मनाइँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार