भैरवकुण्ड पदमार्ग होमस्टेमा पर्यटक बढे
नेपालबहस संवाददाता
मंसिर १५, २०७९ बिहिबार २२:३२:०
१५ मंसिर, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आमा समूहले होमस्टे सञ्चालन गरेका छन् । भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि यहाँका आमा समूहले होमस्टे सञ्चालन गरेका हुन् ।
पर्यटकीय गाउँ छगाम, बगाम, लिस्तीमाई मन्दिरसमेत यही बाटो हुँदै जाने भएकाले होमस्टेको सुरुआत गरिएको आमा समूहकी अध्यक्ष पासाङबुटी शेर्पाले जानकारी दिए ।
“भूकम्पअघि पनि यस्तो सेवा उपलब्ध थियो”, शेर्पाले भने, “होमस्टे ऐतिहासिक दुगुनागढी नजिकै छ । विसं २०७२ को भूकम्पपछि दुगुनागढीको पुनःनिर्माण गरिएकाले यहाँ आउने पर्यटक बढेका छन् ।” यहाँ गौरीशङ्कर संरक्षण क्षेत्रले समेत होमस्टे सञ्चालनका लागि पहलकदमी लिएको शेर्पाको भनाइ छ । यार्मासिङ गाउँमा २० वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । हरेक घरमा कम्तीमा दुई वटा कोठा पाहुनाका लागि छुट्ट्याइएको छ ।
पाहुनालाई स्थानीय शेर्पा संस्कृति झल्कने नाचगानसमेत देखाइन्छ । होमस्टे सञ्चालनमा ल्याएपछि दुगुनागढीलगायतका क्षेत्रमा आउन सहज भएको पेमाल्हामू शेर्पाले बताए । “सिन्धुपाल्चोककै फुल्पिङकट्टीबाट साथीसङ्गीसँगै घुम्ने योजना अनुसार निस्किएका थियौँं”, उनले भने, “शेर्पा सांस्कृति र परमम्परा झल्किने ठाउँ निकै राम्रो रहेछ ।”
यो देशभरका ऐतिहासिक १० गढीमध्ये एक हो । अग्लो स्थानमा समथर भूभाग र रमणीयडाँडामा रहेका विशाल चट्टानलाई कलात्मकता दिई पहराको खोँचमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले तिब्बतसँग युद्ध लडेको किबंदन्ती छ । चट्टानको आड लिएर नेपाली पक्षले यही गढीबाट तिब्बततिर प्रहार गरेको शिलालेख समेत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल बढ्यो
बैशाख ५, २०८१ बुधबार
ढुङ्गाका आकृतिले तान्दै पर्यटक
बैशाख ५, २०८१ बुधबार
पूर्वाधार निर्माण भएपछि दुरुलेकमा पर्यटक पुग्न थाले
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार