आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको सर्वेक्षण
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २१:१६:५५
१६ मंसिर, काठमाडौं । मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो ।
चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
केन्द्रीय बैंकले चालु आवको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत छ । केन्द्रीय बैंकले २०७९ असोज २३ देखि असोज २९ सम्म देशका ५७ सहरका ६० बजारक्षेत्रका व्यक्तिसँग अन्तवार्तामार्फत अध्ययन गरेको थियो ।
अध्ययनमा दुई हजार ४० जना सहभागी थिए । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा आठ सय ९९ थप व्यक्ति थपिएको राष्ट्र बैंकको भनाइ छ । सर्वेक्षणमा सहभागी ८६ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् ।
त्यसैगरी, ९५ दशमलव सात प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैरखाद्य वस्तु तथा सेवा र सबै उपसमूह, तथा घरजग्गा ‘आवास’ समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अध्ययनले देखाएको छ ।
खाद्य र खाद्य समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैरखाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहको मूल्यवृद्धि हुनेछ । राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरेपश्चात् अपेक्षित मुद्रास्फीतिमा कमी आउन थालेकोसमेत उक्त प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार