सहकारीमा अनुदानको मल नहुँदा किसानलाई समस्या
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १९:२३:२७
१६ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन् । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ ।
बेदकोट नगरपालिकाको सामादैजीका किसान नत्थु रानाले अनुदानको मल नपाइँदा बजारबाट रु तीन हजारको डिएपी मल खरिद गरी गहुँ खेतमा प्रयोग गरेको बताए ।
“ सहकारीमा अनुदानको मल नै पाइएन”, उनले भने, “गहुँबाली लगाउन ढिलो हुन थालेपछि भारतीय मलकै प्रयोग ग¥यौँ ।” किसानको मागभन्दा आधाभन्दा कम मात्रै अनुदानको मल कञ्चनपुरमा आपूर्ति भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख बलबहादुर शाहका अनुसार गहुँ खेतीका लागि एक हजार तीन सय पाँच मेट्रिकटन डिएपी मल आपूर्ति भएको छ । जसमध्ये एक हजार एक सय ७० मेट्रिकटन डिएपी मल सहकारीमार्फत किसानलाई उपलब्ध गराइएको छ । कम्पनीसँग हालसम्म एक सय ३५ मेट्रिकटन डिएपी मल मौज्दात रहेको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीका अनुसार जिल्लामा गहुँखेती २१ हजार दुई सय १० हेक्टरमा हुने गरेको छ । जसका लागि डिएपी मल नौ हजार मेट्रिकटन आवश्यक पर्दछ । “प्रतिवर्ष गहुँखेती हुने जग्गाको क्षेत्रफल घट्दै गएको छ”, उनले भने, “जनसङ्ख्या प्रतिवर्ष बढ्दोरुपमा रहेको छ, बढ्दो जनसङ्ख्याका लागि गहुँखेती हुँदै आएको जग्गाको उर्वराशक्ति बढाई उत्पादन बढाउन आवश्क छ ।”
गहुँको उत्पादन बढाउनका लागि किसानलाई सिँचाइसँगै रासायनिक मलको सहज आपूर्ति आवश्यक रहेको उनले बताए । “अनुदानको मल थोरै मात्रै किसानसम्म पुग्ने गरेकाले प्रमाणित नगरिएको भारतीय रासायनिक मल किसानले प्रयोग गर्दै आएका छन्”, उनले भने, “जसको प्रयोगले माटोको गुणस्तरमा ह्रास ल्याउने कार्य गरेको छ, किसानलाई उन्नत बीउ, सिँचाइ, आधुनिक यन्त्रसँगै गुणस्तरयुक्त रासायनिक मल उपलब्ध गराउन आवश्यक छ ।”
कृषि सामग्री कम्पनीले आपूर्ति गरेको आठ सय ९२ मेट्रिकटन युरियामध्ये छ सय ८१ मेट्रिकटन युरिया किसानलाई उपलब्ध गराइएको छ । कम्पनीसँग २११ मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । केही दिनभित्रै युरिया आउने क्रममा रहेको कम्पनीका कार्यालय प्रमुख शाहले बताए ।
खेतमा छरेको गहुँ चार पातको भएपछि किसानले सिँचाइ गरी युरिया मलको प्रयोग गर्ने गर्दछन् । कृषि ज्ञान केन्द्रका कृषि अधिकृत जोशीका अनुसार गहुँ खेतीका लागि १३ हजार मेट्रिकटन युरिया किसानलाई आवश्यकपर्ने गरेको छ । पोटास पाँच मेट्रिकटन गहुँ खेतीमा प्रयोग हुने गर्दछ । गहुँको उत्पादन प्रतिहेक्टर तीन मेट्रिकटन रहेको छ । जनसङ्ख्याअनुसार गहुँको उत्पादन प्रति हेक्टर पाँच मेट्रिकटन बढी उत्पादन गर्नुपर्ने अधिकृत जोशीको भनाइ छ ।
जिल्लामा अनुदानको रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्टटे«डिङ कर्पोरेशन लिमिटेडले गर्दै आएका छन् । साल्टटे«डिङसँग हालसम्म रासायनिक मलको मौज्दात रहेको छैन । साल्टटे«डिङ लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख दीपक भट्टका अनुसार केही दिनभित्रै नौ सय मेट्रिकटन युरिया आपूर्ति हुने क्रममा रहेको छ ।
अनुदानको रासायनिक मल नपाइएपछि किसानले ५० किलोको भारतीय डिएपीलाई रु तीन हजारदेखि तीन हजार आठ सयमा खरिद गर्नुपरेको छ । अनुदानको डिएपी मल प्रतिबोरा रु दुई हजार तीन सय ८० मा कम्पनीले सहकारीलाई उपलव्ध गराउने गरेका छन् । सहकारीले किसानलाई रु दुई हजार सात सयमा बिक्री गर्दै आएका छन् । लोड अनलोड, ढुवानी र सहकारीको मुनाफा राखेर किसानलाई सहकारीले रासायनिक मल बिक्री गर्दै आएका छन् । भारतीय मल खेतमा प्रयोग गर्न उपयुक्त छ वा छैन भनेर गुणस्तर जाँच समेत नहुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार