एचआईभी संक्रमित आमाबाट स्वस्थ बच्चा जन्मिए
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १९:३४:२६
♦ नारायण अधिकारी
१६ मंसिर, चितवन । नियमित औषधि सेवन गरिरहेका एचआईभी संक्रमित गर्भवतीले सुरक्षित प्रसूति सेवा लिँदा बच्चा स्वस्थ जन्मिने गरेको छ । भरतपुर अस्पतालमा विगत १० महिनामा छ एचआईभी संक्रमित आमाले स्वस्थ बच्चा जन्माएका हुन् ।
उनीहरुले जन्माएका बच्चामा एचआईभी संक्रमण नदेखिएको हो । नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा संक्रमण नसर्ने चिकित्सकको भनाइ छ । भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेल सामान्यभन्दा शल्यक्रियामार्फत जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम हुने बताउछन् । चिकित्सकको परामर्शअनुसार नियमित औषधि खाइरहेका आमाहरु समयमै अस्पताल आएमा उनीहरुलाई सुरक्षित तवरबाट शल्यक्रिया गरेर बच्चा जन्माउँदा ती बच्चा सुरक्षित हुने गरेको उनी बताउछन् ।
औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उनको भनाइ छ । लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उनी बताउछन् । जिल्लाका अन्य अस्पतालमा एचआईभी संक्रमित आमालाई प्रसूति सेवा नरहेको भन्दै उनले भरतपुर अस्पतालले यो सेवा दिँदै आएको बताए ।
एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटा सेन्टरमा गएको १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआईभी परीक्षण गरिएको बताउछन् । तीमध्ये दुई जनामा संक्रमण देखिएको थियो ।
सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआईभी संक्रमित औषधि लिन आउने गरेका छन् । तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका संक्रमितले चितवनबाट औषधिसहितको उपचार लिँदै आएका छन् । विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवा ती जिल्लामा नपाइने भएका कारण उनीहरुले औषधिसहितको उपचार सेवा यहीँबाट लिँदै आएको सापकोटाको भनाइ छ ।
सापकोटाका अनुसार एक हजार एक सय चार महिला, पुरुष र बालबालिकाले औषधि सेवन गरिरहेका छन् । उनीहरुमध्ये ४५ बालबालिका रहेका हुन् । औषधि खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसमेत रहेको उनले जानकारी दिए ।
नियमित औषधि सेवन गर्नेको स्वास्थ्य राम्रो रहेको उनको भनाइ छ । औषधि खाइरहेका संक्रमितमध्ये ९७ दशमलव ६० प्रतिशतको संक्रमण नसर्ने अवस्थामा पुगेको छ । एक हजार कपीभन्दा कम भइरसको सङ्ख्या भएका बिरामीबाट एचआईभी एड्स नसर्ने उनले जानकारी दिए ।
सन् २०२२ को जनवरीदेखि हालसम्म जिल्लामा २७ नयाँ एचआईभी संक्रमित भेटिएको उनले जानकारी दिए । उनीहरुमध्ये समुदायमा परीक्षण गरिएका एक सय २४ मध्ये दुई जना र एआरटी सेन्टरमा परीक्षण गरिएका एक सय ११ जनामध्ये २५ जनामा संक्रमण पुष्टि भएको हो । यस वर्ष एक सय १६ जना नयाँ संक्रमितले एन्टी रेक्ट्रो भाइरल थेरापी ९एआरटी० औषधि सुरु गरेका छन् । संक्रमितले दैनिक एक ट्याबलेट औषधि लिनुपर्ने हुन्छ । सेन्टरले एक पटकमा अवस्था हेरी एक महिनादेखि तीन महिनासम्मका लागि औषधि दिने गरेको छ ।
विगत १० महिनाको अवधिमा १४ संक्रमितको मृत्यु भएको छ । तीमध्ये एक जनाको मात्रै एचआईभीका कारण मृत्यु भएको हो भने अन्यको अरु रोगका कारण मृत्यु भएको सापकोटाले जानकारी दिए । सन् २०२१ मा पनि १४ संक्रमितको मृत्यु भएको थियो । तीमध्ये चार जनाको एचआईभीका कारण मृत्यु भएको हो ।
जिल्लामा रहेका संक्रमित महिलामध्ये ३९ को पाठेघरको क्यान्सर परीक्षण गरिएको छ । संक्रमितमध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराइएको हो । संक्रमितमध्ये सबैभन्दा बढी कामको खोजीमा भारत जाने महिला र पुरुष रहेका छन् । यसैगरी यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिङ्गी, यौनिक अल्पसङ्ख्यक, लागुऔषधि प्रयोगकर्तामा पनि संक्रमण देखिने गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेल संक्रमित आमाहरुको प्रसूति नेपालमै गरिरहेको बताउछन् । जिल्लामा अन्य अस्पतालमा यो सेवा सम्भव नभएको भन्दै उनले विश्वसनीय सेवा दिन भरतपुर अस्पताल सफल भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार