एड्सको औषधि उपचारमा पहुँच पु¥याउनका चन्दा अभियान
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २३:२७:४५
१६ मंसिर, एजेन्सी । नाइजेरियामा यहाँका एचआइभी संक्रमितहरुको औषधि उपचारमा पहुँच पु¥याउनका लागि चन्दा सङ्कलन अभियान सञ्चालन गरिएको छ । बिहीबार विश्व एड्स दिवसको अवसर पारेर यहाँको सरकारले नै अनलाइनबाट चन्दा सङ्कलन अभियानको सुरुवात गरेको हो ।
सरकारले एचआइभीको उपचारका लागि आवश्यक रकम सङ्कलनका लागि एचआइभी ट्रष्ट अनलाइन डोनेसन कार्यक्रमको सुरुवात गरेको हो । यहाँ एचाइभी संक्रमण बढ्दै गएको तर पनि यसको औषधि उपचार महङ्गो भएकाले सरकारले आवश्यक मात्रामा बजेट व्यवस्था गर्न नसकेको गुनासो आएको थियो ।
सो गुनासोको सम्बोधन गर्दै एचआइभी एड्स संक्रमितहरुको उपचारका लागि यो अनलाइन डोनेसन कार्यक्रम सञ्चालन गरिएको सरकारले बताएको छ । अनलाइनमार्फत् रकम सङ्कलन गर्ने गरी सुरुवात गरिएको सो कार्यक्रममा नागरिकहरुले पनि व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउन सक्नेछन् ।
नाइजेरियाको एचआइभी एड्स संक्रमण नियन्त्रण तथा उपचार केन्द्रका निर्देशक ग्याम्बो एलिउले सो अभियानमा सहयोग उपलब्ध गराउन आग्रह गरे । एचआइभी संक्रमणमा परेका बालबालिकाका लागि सबै अभिभावकहरुले आफ्नै बालबालिका विरामी परेको भन्ने ठानेर सहयोग गर्न आग्रह गरे ।
एचआइभी एड्सको औषधि प्राप्त हुने गरेको भए पनि त्यो महङ्गो भएको यहाँको सरकारको भनाई छ । औषधि महङ्गो भएकाले उपचारमा सबै नागरिकको पहुँच पुग्न नसकेको हो । उनले नाइजेरिया सरकारले पनि सन् २०३० सम्ममा एड्सको संक्रमणको अन्त्य गर्ने नीति लिएको भए पनि उपचारमा सहज पहुँच नहुँदा नागरिकले औषधि पाउन नसकेकाले यो अभियान सञ्चालन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार