अबको नेतृत्व युवाको काँधमा छ : डा. भण्डारी
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २३:५४:४३
१६ मंसिर, गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन । शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा आएको बताए ।
उनले निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झन आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफूले केही नबोलेको बताए। “अब निर्वाचन सकियो, काठमाडौँ जान्छु र सबै मिडियाका अगाडि म नेतृत्वका विषयमा बोल्नेछु”, नेता भण्डारीले भने ।
वर्तमान समयमा दलहरूले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्न भिन्न आकलन र अडकलबाजी चलिरहेको भन्दै उनले नेपाली कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने बताए । पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढने उनको भनाइ थियो ।
नेता भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ति मन्त्री बन्ने सोच बनाउनुपर्ने बताए । उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताए।
उनले गुल्मी जिल्लालाई विकास निर्माणको हिसाबले नमूना जिल्ला बनाउने गरी आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेता भण्डारीले गुल्मीमा विकास निर्माणको काम कछुवाको गतिमा अघि बढेको गुनासो गरे । रेसुङ्गा नगरपालिकामा आज कार्यालय प्रमुखहरूसँग छलफल गर्दै उनले विकास निर्माणको काममा तीव्रता दिन कार्यालय प्रमुखहरूलाई निर्देशनसमेत दिएका थिए ।
कार्यक्रममा गुल्मी क्षेत्र नं १ अन्र्तगत प्रदेशसभा ९२० का सदस्य धनेन्द्र कार्कीले जिल्लाको विकासका लागि आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार