यी हुन् पार्टीले पत्याएपनि जनताले नपत्याएका कलाकार !
नेपालबहस संवाददाता
मंसिर १७, २०७९ शनिबार १५:२६:५०
♦अनुसा थापा / भक्तपुर
मंसिर ४ गतेको चुनावमा धेरै कलाकारहरुले उम्मेदवारी दिएका थिए । पार्टीले टिकट दिएपछि उनीहरु मत माग्न जनताको घरदैलोमा पुगे । २०७४ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रलोभनमा पारेर कोमल वली मनोनित सांसद बनिन् । अघिल्लो दिनसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृ बनेर हिँडेकी वलीले भोलिपल्ट एमालेबाट सांसद पाइन् ।
एमालेमा बिसौं वर्ष योगदान गरेका नेताले मनोनित सांसद पनि पाएनन् । केन्द्रीय सदस्य पाउनबाट पनि उनीहरु वञ्चित भए । तर, पार्टीमा एकदिन पनि नलागेको, पार्टीका लागि कुनै योगदान नदिएको व्यक्ति एकदिनमै मनोनित सांसदमा चुनिइन् । गत निर्वाचनमा अध्यक्ष ओलीले उनलाई दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा चुनाव लड्नका लागि पनि टिकट दिएका थिए ।
तर, के गर्नु ? अध्यक्षले पत्याए पनि जनताले पत्याएनन् । दाङ क्षेत्र नम्बर ३ का जनताले रुचाएका व्यक्तिले टिकट पाएनन् । दाङका लागि केही गर्छु भनेर वर्षौंदेखि पार्टीमा लागेका व्यक्तिहरु पनि थिए होलान् । उनीहरुलाई ओलीले टिकट दिएनन् । वलीले अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई प्रलोभनमा पारिन्, टिकट पाइन् । अरुले त्यो गर्न सकेनन् । पार्टीले टिकट त दियो तर दाङका जनताले उनलाई नेताको रुपमा स्वीकारेनन् ।
उनी कलाकार हुन्, कलाकारसँग राजनीति गर्ने क्षमता हुँदैन् भनेर जनताले चुनावमा हराइदिए । वलीले गाएका गीतहरु पनि एकदमै उत्ताउलो छन् । समाजमा विकृति फैलाउने खालका गीतहरु उनले गाएकी छिन् । यही गीत सुनेर पनि जनताले भोट दिएनन् । समाज बिगार्न जानेकाले देश सुधार्न जान्छन् ? बिगार्नेले सुधार्न जान्दैनन् । कलाकारहरु चर्चित हुनका लागि जे पनि गर्छन् । उनीहरु गीतमा जस्तो पनि शब्दको प्रयोग गर्छन् । क्षणिकको लोकप्रियताका लागि कलाकारले गाएका यस्ता गीतले समाजमा विकृति फैलाएको छ । तर, उनीहरुले यसबारे ख्याल गरेका हुँदैन् । जनताले त मूल्याकंन गरेका हुन्छन् । राष्ट्रिय गहना भन्ने देशविदेश घुम्ने अनि राजनीतिक पार्टीको झोला बोक्ने । यिनीहरुलाई कलाकार भन्न मिल्छ ? यिनीहरु भनेको राजनीतिक पार्टीको झोले हुन् ।
तर सरकारले तक्मा पनि समाजमा यस्तै विकृति फैलाउनेलाई बाँडिरहेको हुन्छ । जसले यिनीहरुलाई प्रोत्साहन गरिरहेका छन् । आफ्नो परिवार सँगै बसेर हेर्न नसकिने भिडियोहरुमा खेल्ने, ठूलाबडासँग बसेर सुन्नै नसक्ने गीत गाउने । यिनीहरुले विगतमा गरेका कार्यहरु बिर्से होलान तर जनतालाई स्मरण नै छ । गएको चुनावमा नयाँनयाँ अनुहार देख्न पाइयो । डाक्टरी पेशाबाट आएकाले चुनाव जिते । व्यवसायीहरुले पनि माननीय बन्ने मौका पाए । तर, कुनै पनि क्षेत्रबाट कलाकारहरुले जीत हात पार्न सकेनन् । जनताले उनीहरुलाई सांसदकाे रुपमा हेर्न चाहेनन् । कलाकारलाई जनताले मन पराउँदैनन् भन्ने यहीबाट प्रष्ट भएको छ । वली रेडियो नेपालको जागिरे हुन् । उनी त्यहाँबाट मासिक तलबभत्ता खान्थिन् । तरपनि उनी बाहिर गीत गाउँथिन् । जनताले तिरेको करबाट तलबभत्ता खाएर उनी बाहिरबाहिर गीत गाउँदै हिँड्थिन् ।
उनको दोहोरो चरित्र जनताले चिनिसकेका थिए । वलीको सपना चुनावको मतपरिणामले चक्नाचुर पारिदिएको छ । उनको सदन छिर्ने ढोका पनि सधैंका लागि बन्द भएको छ । एमालेले नचाँहिदो व्यक्तिलाई टिकट दियो जसले गर्दा पार्टीको यस्तो गति भयो । एमालेका ठुल्ठुला नेताले चुनाव हारेका छन् । धेरै क्षेत्रबाट एमाले पराजित भएको छ । यसको दोषी पार्टीका अध्यक्ष ओली हुन् । जस्तो पायो त्यस्तैलाई टिकट दिँदा एमाले सोत्तर भयो । पार्टीमा लामो समयदेखि लागेर जनताको काम गरेका व्यक्तिलाई टिकट नदिने । जसले आफ्नो गुनगान गाउँछ उसलाई दायाँबायाँ नहेरी टिकट दिने । जनताले आफूलाई मन नै नपरेको व्यक्तिलाई कसरी भोट दिने ? यो कारणले एमाले सकिएको छ । ओलीले एमालेलाई निजी कम्पनी जसरी सञ्चालन गर्दा जनताले भोट दिएनन् ।
पाँच वर्ष सरकारमा जानबाट एमाले वञ्चित भयो । विपक्षीमा बसेर सरकारको रमिता हेरिरहन्छ । यसको कारण पनि ओली नै हुन् । ठूलो नेतालाई प्रलोभनमा पारेर आफूमाथि आउँछु भनेर सोच्नु गलत हो । नेताभन्दा जनता शक्तिशाली छन् भन्ने सबैले ख्याल गर्नुपर्छ । कोमल वलीले टिकट पाउँछिन् भनेर कसैले सोचेको थिएन् । उनले प्रत्यक्षतर्फबाट टिकट पाइन् । तर, पनि जनताले उनलाई हराइदिए । जनता पहिलेजस्तो छैनन्, धेरै सचेत भइसकेका छन् । अब वलीलाई नेता भन्ने कि कलाकार ? गम्भीर प्रश्न खडा भएको छ । फेरि पनि कलाकारिता क्षेत्रमा आउन अप्ठयारो । हिजो सांसद बनिसकेको व्यक्ति कसरी नाच्ने र गाउने क्षेत्रमा फर्किनु ? यता, नेता बन्नका लागि संसद छिर्ने ढोका बन्द भयो । अब उनलाई रुन न हाँस्नु भएको छ ।
पाँच वर्षपछि एमालेले उनलाई टिकट दिँदैन् । टिकट पाएपनि जनताले विश्वास गर्दैनन् । कलाकार भएर जनतालाई ढाँट्न निकै सजिलो छ । तर, नेताको ठाँउमा बसेर हेर्नुपर्छ । कलाकार दीपकराज गिरीले ६० वर्ष कटेका नेतालाई भोट नदिऔं भनेर जनतालाई आग्रह गरेका थिए । उनको कुरा कसले सुन्यो ? फेरिपनि उही बुढा नेता चुनाव जितेर आए । कलाकारको कुरा र विचार कसले सुन्छ ? उनीहरुलाई जनताले किन विश्वास गर्ने ? अहिले पनि सांसद छिर्नेमा उही पूराना नेता छन् । जनताको अधिकारमाथि हस्तक्षेप गर्ने अधिकार दीपकराजलाई कसले दियो ? जनताले कहाँ भोट हाल्ने ? कहाँ नहाल्ने ? यो उनको छुट्याउने होइन् । जनता आफै छुट्याउन सक्ने भइसकेका छन् । कलाकारलाई टिकट दिनुहुँदैन् भनेर नेताहरुले थाहा पाइसकेका होलान् । नेताहरुका लागि यो शिक्षा पनि भयो ।
कलाकारलाई जनताले पत्याउँदैनन् भन्ने त अहिलेको चुनावबाट स्पष्ट भइसकेको छ । अर्को चुनावमा कलाकारलाई पार्टीले टिकट दिँदैनन् । चुनाव हार्ने डरले उनीहरु चुनावी मैदानमा होमिदैनन् । गीत गाउँन र नाँच्नजस्तो सजिलो छैन्, राजनीति । राजनीति गर्ने व्यक्तिलाई मात्र त्यसको अर्थ थाहा हुन्छ । राजनीति गर्दा उनीहरुले भोगेका संघर्षहरुको कुरा गरिसाध्य छैन् । हिजोबाट आजसम्म आउन नेताहरुले धेरै सास्ती झेलेका छन् । पत्रकारिता क्षेत्र छोडेर राजनीतिमा होमिएका रवि लामिछाने पनि नागरिकता विवादमा तानिएका छन् । उनी पनि अब कानुनको कठघरामा आउँछ भनेर बहस चलिसकेको छ ।
२०६६ सालमा काठमाडौंको भद्रकालीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग रेखा थापा कम्मर मर्काइमर्काइ नाँचेकी थिइन् । उनले आफूले टिकट पाउँछु र सांसद बन्छु भनेर लामो योजना बुनेकी थिइन् । तर, २०७० सालको चुनावमा माओवादीले उनलाई टिकट दिएन् । हरेक अन्तरवार्तामा अध्यक्ष प्रचण्डको गुनगान गाउने उनी टिकट नपाएपछि राप्रपातर्फ लागिन् । राप्रपाले टिकट दियो तर जनताले भोट दिएनन् । कलाकारहरुको यो चुनावमा हरिबिजोग नै भयो । रेखा र कोमल मात्र होइन्, उठेका जति सबै कलाकार हारे । कोही पार्टीबाट उठेका थिए कोही स्वतन्त्र । तर, सबैको नतिजा उही नै हो । हिजो बाहिर बसेर यिनीहरुले राजनीतिक दलको गर्नुसम्म विरोध गरे । जनतालाई विभिन्न आश्वासन बाँडे । ठूल्ठूला कुरा गरे । तर, अहिले आएर त्यो सब चौपट भयो । पहिलो कुरा त यिनीहरुको कलाकारिता जनतालाई रद्दीभर पनि मनपरेको छैन् । कलाकारितामा कला नै छैन् ।
जनताले मन नै नखाएको व्यक्ति राजनीतिमा आँउदा त खोइरो खन्नु स्वाभाविकै हो । कलाकारहरु राष्ट्रियको गहना होइनन् । यिनीहरुलाई यत्रो भारी शब्दले सम्बोधन गर्न मिल्दैन् । आफू कमाउनका लागि फिल्म खेल्छन्, गीत गाउँछन् । तर, यिनीहरुले समाजपट्टि कहिले फर्केर हेरेका छन् ? जनताबाट यिनीहरुले के सहयोग पाएका छन् ? २०७२ सालमा महाभूकम्प गयो । त्यत्रो जनताले ज्यान गुमाए । तर, कुनचाँहि कलाकार जनताको सारथी बनेर आए ? जनतालाई सहयोग गर्न कसैले चासो देखाएनन् । कोरोना फैलिएर सरकारले २०७६ र २०७८ सालमा लकडाउन गर्यो । सर्वसाधारणहरु भोकभोकै रन्थनिए । दुई हप्ता पैदल हिँडेर घर गए । यहाँपनि कलाकारको कुनै सहयोगी भावना देखिएन् । अघिपछि जनता नचाहिने तर फिल्म हेर्ने बेलाचाँहि त्यही जनताको खाँचो पर्ने ।
उनीहरुले खेलेको फिल्म, भिडियो, गाएको गीत सुन्नचाँहि जनता चाँहिने ? उनीहरुलाई जनता चाहिन्छ भनेपछि जनतालाई पनि त आवश्यक परेको थियो होला । कलाकारले जनतालाई भेडाबाख्रा सोचेका थिए । हामीले जे गरेपनि हुन्छ भन्ने मनशाय यिनीहरुमा थियो । कलाकारहरुले बल्ल जनता चिन्दैछन् । कलाकारलाई जनताले यो चुनावमा राम्रो सबक दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको राशिफल
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार