सुनसान बन्याे जमुनाहको अध्यागमन कार्यालय

नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २१:५३:४७

१८ मंसिर, बाँके । भारततर्फको अध्यागमन कार्यालय बन्द भएपछि जमुनाहस्थित नेपालको अध्यागमन कार्यालय सुनसान बन्न पुगेको छ । भारतीय अध्यागमन कार्यालय बन्द भएपछि कार्यालयबाट हुने गरेको प्रस्थान तथा आगमन अनुमति दिने काम ठप्प भएको अध्यागमन कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णा रानाले बताए ।
‘कोभिड–१९ महामारीको सुरुआतसँगै बन्द भएको भारतीय अध्यागमन कार्यालय अहिलेसम्म खुलेको छैन”, रानाले भने, भारतीय अध्यागमन कार्यालय नखुल्दा यताबाट आगमन तथा प्रस्थान अनुमति दिने काम हुनसकेको छैन ।’
करिब तीन वर्षदेखि नेपालगञ्ज नाकाबाट औपचारिक रुपमा विदेशी पर्यटक आवागमन कार्य ठप्प भएको निमित्त कार्यालय प्रमुख रानाले बताए । विगतमा नेपालगञ्ज नाकाबाट वार्षिक दुई सय ५० देखि तीन सय विदेशी पर्यटक पैदलमार्ग हुँदै नेपाल भित्रिने गरेकोमा २०७७ वैशाखयता विदेशी पर्यटकको आवागमन र प्रस्थान ठप्प भएको छ ।
भारततर्फ रुपैडिहास्थित अध्यागमन कार्यालय बन्द भएपछि नेपालगञ्जस्थित अध्यागमन कार्यालयको काम पर्यटकलाई सूचना दिने भएको छ । आवागमन र प्रस्थान अनुमतिका लागि यहाँ आउने विदेशी पर्यटकलाई अहिले रुपन्देहीको बेलहिया अध्यागमन कार्यालय पठाउने गरेको कार्यालय प्रमुख रानाले बताए ।
नेपालगञ्जस्थित अध्यागमन कार्यालय कामविहीन हुँदा बाँके बर्दियाको पर्यटन क्षेत्र समेत प्रभावित भएको नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाटा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
नेपालगञ्ज नाका हुँदै नेपाल आउन खोज्ने विदेशी पर्यटकले अहिले भैरहवा वा महेन्द्रनगर नाका पुगेर आउनुपर्ने भएकाले कतिपयले यात्रा स्थगित गर्ने गरेको उनको भनाइ छ ।
सीमावर्ती भारतीय बजार रुपैडिहामा रहेको अध्यागमन कार्यालय सञ्चालन गर्नका लागि अध्यागमन विभाग, गृह मन्त्रालयलगायतका सरोकारवाला निकायबाट आफूहरुले पहल गरेको अध्यक्ष सिग्देलले बताए ।
भारत र तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै नेपालगञ्ज आउने पर्यटकको सङ्ख्या ठूलो भए पनि भारतीय अध्यागमन कार्यालय बन्द हुँदा त्यसको असर बाँके र बर्दिया जिल्लाको पर्यटन क्षेत्रमा परेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
मंसिर १६, २०८० शनिबार
अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँ उभिनुपर्छ : मन्त्री खड्का
मंसिर १५, २०८० शुक्रबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
नेत्रबिक्रम चन्दसहित चार नेताविरुद्ध पक्राउ पुर्जी जारी
मंसिर १८, २०८० सोमबार
न्यायाधीशद्वय माथेमा र शर्माको इजलासमा पर्यो टिकटक प्रतिबन्धविरुद्धको रिट
मंसिर १९, २०८० मंगलबार
जसपाको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण आजदेखि सुरु
मंसिर १९, २०८० मंगलबार
शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात
मंसिर १९, २०८० मंगलबार
तान्जानियामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो
मंसिर १९, २०८० मंगलबार
आयआर्जन वृद्धि गर्न विपन्नलाई बीउ वितरण
मंसिर १९, २०८० मंगलबार
भेरी बबई डाइभर्सनको गुणस्तरमा अध्यक्ष ओलीको चासो
मंसिर १९, २०८० मंगलबार