चोरी सिकारीका कारण रेडपाण्डा जोगाउनै समस्या
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २२:५६:५९
१८ मंसिर, गलेश्वर । विश्वमै दुर्लभ मानिएको जङ्गली जनावर रेडपाण्डा ‘हाब्रे’ जोगाउन समस्या भएको छ । पश्चिम म्याग्दीको विभिन्न ठाउँमा पाइने रेडपाण्डा चोरी सिकारीका कारण जोगाउन समस्या भएको हो ।
धौलागिरि गाउँपालिकाको गुर्जा, मुदी र लुलाङका जङ्गलमा पाइने हलुका रातो, सेतो र कालो रङको रेडपाण्डा सिकारीको रोजाइँमा पर्ने गरेको छ । वन जङ्गलमा टुसा खोज्न जाने स्थानीयवासीले घरेलु हतियार प्रयोग गरेरसमेत रेडपाण्डा सिकार गर्ने गरेका छन् ।
पाँच वर्षअघि विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । उक्त संरक्षण अभियानले दुई वर्षयता निरन्तरता पाउन नसक्दा चोरी सिकारी गर्ने क्रम बढेको स्थानीय जसवीर विकले बताए ।
रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताले स्थानीयवासीलाई यसबारे जानकारी गराउनुको साथै वासस्थानसमेत देखाएपछि स्थानीयवासी यसको संरक्षणमा लागेका थिए । धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झकप्रसाद छन्त्यालका अनुसार सिकारीले सिकार आरक्ष ढोरपाटनसँग सिमाना जोडिएका स्थानमा रतुवा, घोरल, मृग, बँदेलसहित लोपोन्मुख रेडपाण्डाको सिकार गर्ने गरेका छन् । “रेडपाण्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा कडाइ गर्दै आएको थियो”, उनले भने ।
पश्चिम म्याग्दीका जङ्गलमा प्रारम्भिक अनुसन्धानमा पाँचवटा भेटिए पनि गाउँपालिकाअन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा झण्डै २० रेडपाण्डा रहेको अनुमान गरिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको छ ।
निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने रेडपाण्डासहित अन्य वन्यजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई सहयोग गर्दैआएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुनले बताए । म्याग्दीका साथै नुवाकोट, रसुवा, धादिङ, लमजुङ, मनाङ, मुस्ताङ, बागलुङलगायत जिल्लामा रेडपाण्डाको बासस्थान रहेको अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतको पैंयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !
चैत ६, २०८० मंगलबार
बागलुङमा बस दुर्घटना हुँदा १६ जना घाइते
चैत ५, २०८० सोमबार
सेती नदी किनारमा खुला व्यायामशाला निर्माण
चैत ५, २०८० सोमबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
शासकहरू
चैत ५, २०८० सोमबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल यसै साता सञ्चालन आउने
चैत ६, २०८० मंगलबार
काभ्रेका अठार स्थानमा आगलागी, सात घाइते
चैत ६, २०८० मंगलबार
शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी उपलब्ध गराइने
चैत ६, २०८० मंगलबार