मेलम्चीका आगलागी पीडितलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १७:१७:१४
१९ मंसिर, सिन्धुपाल्चोक । मेलम्ची–११ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । मेलम्ची बजारका व्यवसायी तथा संस्थाबाट संकलन गरिएको रु चार लाख ३२ हजार ९५ रकम आइतबार उनीहरुलाई हस्तान्तरण गरिएको हो । गत कार्तिक ७ गते आगलागीबाट एकघरमा रहेको चार पसल, होटल, बेकरी तथा घरमा गरी करोडौँको क्षति भएको थियो ।
यसपछि विभिन्न समाजसेवी, राजनीतिक दल र बजारका अगुवाका नेतृत्वमा राहत संकलन अभियान सञ्चालन गरेर सो रकम जम्मा गरिएको थियो । संकलित रकम घरधनी दीपक दुलाललाई रु एक लाख, न्यु मेलम्ची सप्लायर्सका हरिशरण श्रेष्ठलाई रु दुई लाख १२ हजार, विजी बेकरीका प्रवीण देउजालाई रु ७० हजार र होटल व्यवसायी रीना गौतमलाई रु ५० हजार वितरण गरिएको अभियानका अगुवा सागर श्रेष्ठले जानकारी दिए ।
यसअघि मेलम्ची ब्याडमिन्टन एकेडेमीका सदस्यबाट संकलित रु ७० हजार र मेलम्ची नगर उद्योग वाणिज्य सङ्घले पनि रु ७४ हजार प्रभावितलाई सहयोग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज स्थानिय वायुको आंशिक प्रभाव रहने
चैत ५, २०८० सोमबार
अबको ७५ वर्षमा नेपालको जनसंख्या दोब्बर हुनसक्ने
चैत ४, २०८० आइतबार
आज पहाडी भू-भागमा आंशिक बदली, अन्यमा मौसम सफा
चैत ३, २०८० शनिबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रहरी हिरासतमा रहेका महरालाई उपाध्यक्ष पदबाट राजीनामा दिन प्रचण्डको दवाव
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’
चैत ६, २०८० मंगलबार
आरबीका लागी नेपाल आउँदै ज्याकलिन फर्नान्डेज
चैत ६, २०८० मंगलबार
पोखरामा चलचित्र 'पुजार सार्की'को विषयमा संवाद
चैत ६, २०८० मंगलबार
उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या
चैत ६, २०८० मंगलबार
एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ
चैत ६, २०८० मंगलबार