रवि लामिछानेको नागरिकतामाथि प्रहरीद्वारा अनुसन्धान तीव्र
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार १७:५९:५४
१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।
लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि लामिछानेले उम्मेदवारी र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि उपलब्ध गराइएको बताए ।
लामिछानेको नागरिकतामा अनुसन्धान गर्न आयोगले गृह र परराष्ट्र मन्त्रालयलाई सिफारिस गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको नागरिकतामा छानविन अघि बढाउन आदेश दिएको थियो ।
लामिछानेले विदेशी नागरिकता लिएर नेपाली नागरिकता नत्यागेको, विदेशी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको, पुरानै नागरिकताका आधारमा उम्मेदवारी दिएको, विदेशी पासपोर्ट नत्यागी नेपाली पासपोर्ट लिएको उजुरीका आधारमा छानविन भइरहेको छ ।
छानबिनका क्रममा लामिछानेको नागरिकता र राहदानी अवैध ठहरिए पार्टीको वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ । तर, दलसम्बन्धी ऐनमा पार्टी सभापतिको योग्यतामाथि प्रश्न उठे वा योग्यता नपुगे केन्द्रीय समितिले अर्को व्यक्तिलाई सभापति चुन्न सक्ने व्यवस्था छ । यसो हुँदा दल खारेज हुँदैन । केन्द्रीय समितिबाट अर्को व्यक्ति सभापति बन्न सक्ने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्ले बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइप्रका हिरासतमा छन सहकारीको १ अर्ब बढी ठगेको आरोपमा बुटवल ल्याइएका दीपेश पुन
चैत ३, २०८० शनिबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रहरी हिरासतमा रहेका महरालाई उपाध्यक्ष पदबाट राजीनामा दिन प्रचण्डको दवाव
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आदर्शका गफ छाट्ने ठाकुरबाबा नगरपालिकामा छैन दमकल
चैत ६, २०८० मंगलबार
राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण
चैत ६, २०८० मंगलबार
गठबन्धनको साझा कार्यक्रम: १३ विषयको उठान, ढर्रा पुरानै
चैत ६, २०८० मंगलबार
बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता हुने
चैत ६, २०८० मंगलबार
सुरक्षाबाहेक सरकारले उपनिर्वाचनका लागि आयोगलाई दियो १० करोड
चैत ६, २०८० मंगलबार
भृकुटीमण्डपस्थित बगैँचामा फुलेको आरुको फूल
चैत ६, २०८० मंगलबार