१९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई मातृ शोक परेको छ । उनका आमा आशिकादेवी चन्दको ९६ वर्षकाे उमेरमा आइतबार कपिलवस्तुको शिवगढीमा निधन भएको हो ।
विप्लवले स्वर्गीय आमालाई फुलमाला र अविरले अन्तिम श्रद्धाञ्जली दिएका थिए । हिजै अन्त्येष्टि गरिएको छ । मंगलबारतेस्रो दिन २० गते वृद्धवृद्धालाई न्यानो कपडा वितरण, बुधबार अर्थात २१ गते समवेदनामा सहभागीहरुलाई भेटघाट तथा बिहीबार अर्थात २२ गते शोक सभा कार्यक्रम गरिनेछ ।
दिवंगत आशिकादेवीको निधनप्रति पार्टीका विभिन्न तह र विदेशका पार्टी कमिटीहरुले गहिरो दुःख व्यक्त गर्दै महासचिव विप्लव लगायत परिवारलाई समवेदना व्यक्त गरेका छन् ।
विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’को केही महिना अघि निधन भएको थियो । प्रहरीको हिरासतमा दिइएकाे चरम यातना र स्वास्थ्योपचारमा गरिएको राज्यको लापरवाहीले उनको ज्यान गएको नेकपाको निष्कर्ष छ । मृत्युको अध्ययन गर्न पार्टीले प्रवक्ता प्काण्डको संयोकत्वमा एक समिति समेत गठन गरी अध्ययन सुरु गरेको छ ।