बाख्रापालन र बेमौसमी तरकारी खेतीमा वादी महिला
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २०:१५:३३
१९ मंसिर, बेदकोट । कञ्चनपुर भीमदत्त नगरपालिका-९ मटेनाका वादी परिवार पहिले महाकाली नदी बगरमा गिट्टी र बालुका चालेर गुजारा गर्थे । वादी बस्तीका युवा रोजगारीका लागि भारत जान्थे । महिला र वृद्धवृद्धा घरखर्च चलाउन महाकालीको बगरमा गिट्टी र बालुका चाल्नुको विकल्प थिएन ।
अहिले भने यी वादी परिवारहरु गिट्टी र बालुवाको काम छाडेर अन्य पेशामा आबद्ध हुन थालेका छन् । सीपमूलक तालिम सिकेर उनीहरु आयआर्जनमा जोडिदै गएका हुन् । पछिल्लो समय उनीहरु बाख्रापालनसँगै बेमौसमी तरकारी खेतीमा आबद्ध हुन थालेका छन् । यसैबाट वादी परिवारले घरखर्च जोहो गरिरहेको माया वादीले बताइन् ।
“पहिले महाकाली नदी किनारमा गिट्टी कुटेर घरखर्च चलाउने गर्थे तर अहिले अवस्था फेरिएको छ”, उनले भनिन्, “विभिन्न सीप सिकेर आयआर्जनमा महिला जोडिदै गएका छन् ।”
आयआर्जनमा मात्रै होइन वादी समूदायका महिलाहरु सामाजिकरुपमा सशक्त पनि बन्दै गएका छन् । अहिले बादी समूदायका महिलाले समूह गठन गरेर बचतसँगै सस्तो ब्याजदरमा ऋण लगानी पनि गरिरहेका छन् ।
“चार वर्षअघि हिमाल महिला सशक्तिकरण केन्द्र गठन गरेर पैसा बचत गर्ने गरेका छौँ, अहिले २७ हजार बचत पुगेको छ,” केन्द्रकी संयोजक कल्पना वादीले भन्नुभयो, “आवश्यक परेका व्यक्तिलाई सस्तो व्याजदरमा ऋण पनि दिने गरेका छौँ ।”
समूह गठन गर्दा परिचयसम्म दिन नसक्ने महिला अहिले आप्mना समस्या पनि सहजै भन्नसक्ने भएको उनको भनाइ छ । विभिन्न संघ संस्थाले समूह बनाएर आयआर्जनका लागि भन्दै बाख्रा वितरण गर्दा वादी महिलालाई आयआर्जनमा जोडिन सहयोग पुगेको उनको भनाइ छ ।
वादी महिला बाख्राका लागि खोर निर्माण गरेर व्यवस्थित ढङ्गले बाख्रा पालनमा लागेका छन् । “विभिन्न तालिमबाट सीप सिकेर बाख्रालाई घाँस दाना खुवाउनदेखि उपचारआदीका विषयमा जानकार भएका छन्,” कल्पनाले भनिन्, “यसले पनि हामीलाई सघाएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार