नेसनल लाइफ इन्स्योरेन्सको ३४औँ साधारणसभा सम्पन्न, वित्तीय सूचकांकहरू उत्साहप्रद
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २२:१४:५
१९ मंसिर, काठमाडाैं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारणसभा सफलतापूर्वक सम्पन्न भएको हो।
सभामा अध्यक्ष सिंहले विगतमा कोभिड– १९ को महामारी सबैका लागि चिन्ताको विषय भए पनि हाल विस्तृत खोप एवं घट्दो महामारीको प्रकोपले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशातर्फ गएको बताइन्। लामो समयपश्चात् बिमा ऐन, २०७९ लागू भएकोमा खुसी व्यक्त गर्दै उनले यसबाट नियामक निकायलाई बिमा क्षेत्र थप नियमन गर्न सहज भई बिमाको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गरिन्
आव ०७७–७८ मा कम्पनीको सबै वित्तीय सूचकांकहरू उत्साहप्रद रहेको छ। कम्पनीको कुल बिमाशुल्क ३५.१५ प्रतिशतले वृद्धि भई रु। १,२५२.४६ करोड पुगेको छ। जीवन बिमा कोष २५.६३ प्रतिशतले वृद्धि भई रु। ४,२०४ करोड र कुल लगानी २३.२० प्रतिशतले वृद्धि भई रु ३,९२४.७० करोड पुगेको छ। सो समयमा कम्पनीको वार्षिक औसत प्रतिफल ९. ६७ प्रतिशत कायम रहेको छ।
कम्पनीले नेपालगन्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य सुरु गरेको र अन्य शाखाहरूमा पनि यो प्रक्रिया सुरु हुने साधारणसभामा जानकारी दिइयो। ३४औँ वार्षिक साधारणसभाले आव ०७७/०७८ को लागि चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सोबापतको कर प्रयोजनको लागि रु तीन करोड १८ लाख ५६ हजार ५१२ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार