नेपथ्य लाइभ कन्सर्टकाे बीरगञ्जमा इतिहास कायम
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २०:३६:३०
२० मंसिर, बीरगञ्ज । मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टले बीरगञ्जमा इतिहास कायम गरेको छ । मानवता प्रवद्र्धृन तथा मानवीय सहयोगका लागि बीरगञ्जवासीको अकल्पनीय सहभागिता रहेको स्थानीयहरुले बताएका छन् । यहाँ १८ वर्षपछि नेपथ्य भित्रिएको हो ।
यहाँको आदर्शनगनर रंगशालामा झण्डै पाँच हजार संगीत पारखीले कन्सर्टको मजा लिएको अनुमान छ । कुनै कन्सर्टमा यती धेरै मानिसको सहभागिता शीरगञ्जको इतिहासमै पहिलो भएको उक्त कन्सर्टका संयोजक गणेश लाठले बताए । उनका अनुसार यो उपस्थिति मानवता प्रवद्र्धन र मानवसेवा आश्रमले गरेको योगदानको कदर हो । बीरगञ्जमा अन्तराष्ट्रियस्तरको सांगीतिक समुहरुलाई ल्याउन सक्नु पनि वीरगञ्जवासी कै लागि गौरवको विषय भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।
बीरगञ्जका सडकमा रहेका बेसहारा, मनोरोगी तथा वेवारिसे मानिसहरुको उद्धार गरी संरक्षण गर्न तथा मानवसेवा आश्रमको भवननिर्माण एबं अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले सोमबार साँझ बीरगञ्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गरेको हो । कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन जती नेपाली लोकरपप गीत गाएर दर्शकलाई मजैले मनोरञ्जन दिलाए ।
‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ महिना व्यापीरुपमा आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको उक्त नेपथ्य लाइभ कन्सर्टअन्तरगत यो दोस्रो कार्यक्रम हो । यसअघि मंसिर १६ गते विराटनगरमा भव्य रुपमा कार्यक्रम सम्पन्न भइसकेको छ । अबको कार्यक्रम मंसिर २२ गते हेटौडाको भुटनदेवी चौरमा हुने र उक्त कार्यक्रममा सहभागिताकाल लागि आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले हेटौटाबासीमा अनुरोध गरेका छन ।
बीरगञ्जको कन्सर्टको शुरुमा आश्रमबाट उद्धार गरिएका व्यक्तिका विषय समेटेर बनाइएको डकुमेन्ट्रीले दर्शकलाई केही क्षण भावुक पनि बनायो । त्यसपछि गायक गुरुङले गीत गाउनु अघिको संगीतबाटै दर्शक झुम्न शुरु गरे । उनले शुरुमा ‘भेडाको ऊनजस्तो’ प्रस्तुत गरेपछि संगीतको ताप बढ्यो । त्यसपछि प्रस्तुत ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतमा बीरगञ्जवासीले भरपुर मनोरञ्जन लिए । गीतको बीचबीचमा गायक गुरुङले राष्ट्रिय भावनाले ओतप्रेत भावना तथा मानवसेवा आश्रमको उद्देश्यबारेका सन्देश बाँडेका थिए । उनले अर्को जुनी छ कि छैन थाहा नभएकाले पुण्य कमाउने हो भने यसै जुनीमा मानवसेवाका लागि आश्रममा दान गर्न अनुरोध पनि गरे । उनले गीत संगीतलाई माया गर्न र सुन्दर नेपाल घुम्न दर्शकहरुलाई मञ्चबाटै अनुरोध पनि गरे ।
अनि उनले व्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’, ‘गाउँगाउँबाट उठ’ गाएर दर्शकलाई थप जागरुक बनाए । त्यसपछिको प्रस्तुत ‘रेशम’ र ‘तालको पानी’ले थप उफार्यो । उनी मञ्चबाटै जसको कोही छैन, जसको केही छैन, उनका निम्ति समर्पित मानवसेवा आश्रमलाई सहयोग गर्नु हो !! ओ !! ई !!! भन्दै दर्शकको मुखबाटै बोल्न लगाएर सहयोगका लागि आव्हान पनि गरे । कार्यक्रमको अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गर्दा दर्शकहरु राष्ट्रिय झण्डा बोकेर नृत्यमा सहभागि भए । मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।
आश्रमले के गर्छ र अबको कार्यक्रम के–के छ ?
मानवसेवा आश्रम सहयोगापेक्षी ‘बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर’ सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनस्मिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय रहेको संस्था हो ।
हेटौँडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हाल देशैभर गरेर झण्डै एक हजार ६०० सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । आश्रम अहिले विसं २०८२ सालसम्ममा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ अघि बढेको छ ।
आगामी अर्को कार्यक्रम यही २२ गते हेटौडा र २५ गते चितवनमा र त्यसपछि २९ गते नेपालगञ्ज रङ्गशालामा हुनेछ । यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ ९रामनगर० मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम कार्यक्रमको रुपमा १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार