यसकारण राखियो स्टेडियम ९७४ नाम, कारण यस्ताे छ
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १७:१८:१२
२० मंसिर, दोहा । पहिलो पटक मध्यपूर्वमा आयोजना भएको कतार विश्वकपलाई लिएर अहिले चौतर्फी चासो छ । विश्वकप आयोजना भइरहेका स्टेडियमप्रति पनि धेरैको चासो छ । प्रतियोगिताका लागि कतारले विगत एक दशकमा सात नयाँ रंगशालाहरू निर्माण गरेको छ र अर्कोलाई मर्मत गरेको छ ।
तर, ती सात स्टेडियमहरूमध्येको दोहामा निर्मित स्टेडियम ९७४ अद्वितीय निर्माणका लागि प्रख्यात छ । स्टेडियम रिसाइकल सिपिङ कन्टेनरबाट निर्माण गरिएको हो । रंगशाला निर्माण गर्न ९७४ वटा ढुवानी कन्टेनरको प्रयोग भएकोले पनि यस रंगशालाको नाम ’९७४’ राखिएको हो । खाडी देशको अन्तर्राष्ट्रिय डायलिङ कोड पनि ९७४ नै हो ।
प्रतियागितापछि स्टेडियम पूर्ण रूपमा भत्काउन र पुनः प्रयोग गर्न सकिने आयोजकले जनाएको छ । सोमबार, फिफा विश्वकपको आधिकारिक ट्विटर पेजले स्टेडियम ९७४ को ३६० डिग्री फुटेज सेयर ग¥यो । भिडियो सेयर गर्दै फिफाले लेखेको छ, ‘ सिपिङ कन्टेनरबाट निर्मित । स्टेडियम पूर्ण रूपमा भत्काउन र प्रतियागितापछि पछि पुनः प्रयोग गर्न सकिन्छ ।’ आयोजकका अनुसार बन्दरगाहको ढाँचाका रूपमा निर्माण गरिएको सो रंगशालाको सिट क्षमता ४० हजार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक र सन्तोषीले जिते हाफ म्याराथनको उपाधि
चैत १०, २०८० शनिबार
ब्याडमिन्टन खेलाडीको पहलमा दमकमा कभर्डहल निर्माण
चैत ९, २०८० शुक्रबार
तेस्रो परवानीपुर गोल्डकप : बाग्मती फुटबल क्लब सेमिफाइनलमा
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार