कांग्रेसमा संसदीय दलको नेताका लागि शुभकामना साटासाट
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार २२:२३:५६
२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा प्रधानमन्त्री बन्नका लागि पार्टी संसदील दलको नेता बन्नै पर्ने अनिवार्य प्रावधान छ । पद एउटा छ । तर, आकांक्षी छन् ६ जना । हाल प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराल, डा.शशांक कोइराला र नेता प्रकाशहमान सिंह अहिले कांग्रेसमा भावी प्रधानमन्त्रीका दावेदार हुन् ।
प्रधानमन्त्री बन्न संसदीय दलको नेता पहिले बन्नुपर्छ । नेता बन्न मंसिर ४ मा सम्पन्न भएको निर्वाचनबाट प्रत्यक्ष र समानुपातिकबाट आएको सांसदहरुको बहुमत चाहिन्छ । तर, दलको नेता बन्न धेरै मत देउवाका पक्षमा छ भने बाँकी रहेको मत डा. शेखर कोइरालासँग छ । सिधै हिसाव गर्दा ५५ मत देउवाका पक्षमा छ भने ३४ मत शेखरका पक्षमा । महामन्त्री गगन पनि अहिलेसम्म कोइराला पक्ष उभिएका छन् ।
देउवा पक्षको भनिएको अर्का महामन्त्री विश्वप्रकाश शर्माको मत कता जान्छ अहिलेसम्म पत्तो छैन् । उनले महामन्त्री थापालाई सहयोग गर्ने बचन यस अगाडी दिएका थिए । तर, थापा संसदीय दलको नेता बन्ने लक्षण हाल स्पष्ट भइसकेको छैन् । यद्यपी नेताहरु भने एकले अर्कोलाई जितको शुभकामना दिने बहानामा आफुलाई संसदीय दलको नेता मान्न आग्रह गरिहेका छन् ।
सभापति देउवा आफै संसदीय दलको नेता बन्न कसरतमा लागि रहेका बेला मंगलबार पूर्वमहामन्त्रीसमेत रहेका नेता शशाांक कोइरालाले सभापति देउवा र वरिष्ठा नेता रामचन्द्र पौडेलसँग भेट गर्दै भोट मागेका छन् । कांग्रेस नेता पौडेल र कोइरालाबीच पनि यसै विषयमा भेटवार्ता भएको छ । प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेको र पार्टीभित्र संसदीय दलको नेता चयनका विषयमा बहस चलिरहेका बेला पौडेल र कोइरालाबीच भेटवार्ता भएको हो । मंगलबार बिहान पौडेल महाराजगञ्जस्थित कोइराला निवास पुगेका थिए ।
चुनाव जितेर आएका दुई नेताबीच बधाई साँटासाट भएको भनिएपनि कारण थियो संसदीय दलको नेता नै । नेताहरूबीच समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो । दुवै नेता पार्टीको संसदीय दलको नेताका आकांक्षी हुन् । दुवैले प्रधानमन्त्रीका लागि दाबी गरिरहेका छन् । तर पार्टीमा भने गत महाधिवेशनदेखि दुवै नेताहरू पाखा लागेका छन् । १४ औँ महाधिवेशनमा चुनाव नलडेका पौडेल र कोइरालाले सभापतिमा शेरबहादुर देउवालाई सघाएका थिए ।
पौडेल र कोइरालाबीच भेट भएपछि प्रधानमन्त्री एवम सभापति देउवालाई भेट्न पुगेको शशांक लाई उल्टै देउवाले संसदीय दलको नेतामा फेरि इच्छा व्यक्त गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेता डा. शशांक कोइरालासँग भएको भेटवार्तामा पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेपछि फेरी भेट्ने बाचा गर्दै कोइराला फर्किए ।
चुनाव जितेर काठमाडौं फर्किएका कोइराला र देउवाबीच भएको भेटमा एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो । देउवाले संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला भनेपछि कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएर हिँडेका थिए । यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको सन्देश दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
कसैले जोरी खोजे हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार