१३ माघ २०७९, शुक्रबार
राजनीति

धनुषा २ मा रामकृष्ण यादवको जितविरूद्ध सर्वोच्चमा रिट

प्रकाशित मिति :  २१ मंसिर २०७९, बुधबार १२:१८


२१ मंसिर, काठमाडौं । धनुषा क्षेत्र नं. २ मा धाँधली गरेर नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव विजयी भएको आरोप लगाउँदै निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उमाशंकर अरगरियाले यादवविरुद्ध रिट हालेका छन् ।

अरगरिया यादवसँग १ सय ५७ मतान्तरले पराजित भएको घोषणा निर्वाचन अधिकृतको कायालयले गरेको छ । झिनो मतले पराजित भएका उनले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गराएका हुन् ।

मतगणना बेला आफूलाई गणनास्थलमा समेत जान नदिई धाँधली गरेको उनको आरोप छ । आफूलाई हराउन निर्वाचन अधिकृत कार्यालयको समेत मिलेमतो रहेको उनको दाबी छ । रिटमा उनले पुनः मतदानको माग गरेका छन् ।


1.59k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता