२१ मंसिर, काठमाडौं । हुम्लामा चिल ठोक्किँदा तारा एयरलाइन्सको विमानमा क्षति पुगेको छ । उडिरहेको जहाजमा चिल ठोक्किएर जहाजको अगाडिको भागमा प्वाल परेको छ।
बुधबार दिउँसो ११२ः४५ बजे नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि कार्गो जहाजसँगचिल ठोक्किएको हो । हुम्ला विमानस्थल पुग्नु केही मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको अमृतप्रसाद सुवेदीले बताए ।
उक्त जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए । उनीहरू सबै जना सुरक्षित रहेको सुवेदी बताए ।