रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १९:४१:२०
♦ सुशीला रेग्मी
२२ मंसिर, रामपुर । पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् ।
सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले सार्वजनिक जग्गा संरक्षण गरेर सो जग्गामा बाल उद्यान तयार पार्ने अभियान रामपुरबाट सुरु गरिएको बताउछन् । “रामपुरमा विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनेका थुप्रै संरचना छन्, ती संरचनालाई हटाएर बालबालिकाको शारीरिक तथा मानसिक विकास गराउन, उनीहरूलाई रमाउने, खेल्ने वातावरण सिर्जना गर्न सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नु पर्नेछ, यसलाई अभियानका रूपमा हामीले अगाडि बढाएका छौँ”, उनले भने ।
सो अभियानलाई पाल्पाको रामपुरबाट सुरु गर्ने र यसलाई स्थानीय सरकारको समन्वयमा व्यक्तिले निजी प्रयोजनका लागि ओगटेका जग्गा हटाएर बाल उद्यान तयार पार्ने सम्बन्धमा जनप्रतिनिधि, स्थानीय सरकार, प्रशासन, राजनीतिक दल, समाजका अगुवासमक्ष राय–सुझाव लिएर अगाडि बढेको अभियानका संयोजक पौड्यालले बताए ।
सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत सार्वजनिक जग्गामा बनेका संरचना हटाउने निर्णय नगरपालिकाले गरिसकेको र राष्ट्रिय गौरवका आयोजना सञ्चालन भएका स्थानबाट कामको थालनी गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउछन् । हाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत रामपुर–५ स्थित मटेरी ठूलोटारबाट अभियान सुरु गर्न त्यहाँ अहिले सार्वजनिक र निजी जग्गा छुट्याउने काम भइसकेको नगरप्रमुख थापाले जानकारी दिए ।
“रामपुरलाई सुन्दर र हरियाली सहर बनाउने सङ्कल्प लिएका छौँ, हाललाई कायम भएको बाटोको मापदण्डअनुसार अनधिकृतरूपमा बनेका संरचनालाई हटाउनेछौँ”, उनले भने, “राष्ट्रिय गौरवका योजनापश्चात नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हड्पेका सार्वजनिक जग्गामा बनेका संरचना हटाइनेछ ।”
रामपुर नगरले बजारमा अव्यवस्थितरूपमा सडकपेटी मिचेर राखेका सामान जफत गर्ने अभियानसमेत सुरु गरेको छ । सडकपेटी मिचेर छरपस्ट राखिएका सामानले बजारमा दुर्घटनाको जोखिम बढेको थियो । अहिले सो अभियानले रामपुरको मुटु मानिने बेझाड बजार व्यवस्थित बन्दै गएको छ ।
पाल्पा क्षेत्र नं १ (१) मा प्रदेशसभा सदस्यमा नवनिर्वाचित राजुप्रसाद श्रेष्ठले पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको र तत्कालीन गाउँ पञ्चायत, गाउँ विकास समितिले बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिएको बताए ।
“विसं २०५४ मा साविक रामपुर गाउँ विकास समिति वडा नं ४ को वडाध्यक्षमा निर्वाचित भई कार्यभार सम्हाल्दादेखि नै सार्वजनिक जग्गा संरक्षणमा अग्रसर भएर लागेको हुँ, त्यसयता सार्वजनिक जग्गा हडप्ने कार्यमा केही स्थिरता आएको छ, सार्वजनिक जग्गामा बनेका संरचनालाई हटाएर यसलाई व्यवस्थित बनाउनुपर्छ”, उनले भने ।
राजनीतिक दलले अडान लिन नसक्दा सार्वजनिक जग्गा हडप्ने कार्य भएको हुँदा बाटो मिचेर बनाइएका घर, भवन भत्काउनुपर्ने समाजसेवी फणेश्वर गौतमले बताए । साँच्चिकै सुकुम्बासी हुन् या होइनन् पहिल्याएर सुकुम्बासी भएमा सार्वजनिक जग्गामा बसोबास गर्न दिनुपर्ने र अन्यत्र पालिकामा स्थायी बसोबास रहेका तर रामपुरमा अस्थायीरूपमा सार्वजनिक जग्गा हडपेर बसेका छन् भने तिनलाई हटाउनुपर्ने समाजसेवी तथा ज्येष्ठ राजनीतिज्ञ देवराज ढकालले बताए ।
मालपोत कार्यालय रामपुरका प्रमुख होमबहादुर थापाले सार्वजनिक जमिन संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय निकाय वा प्रशासनको रहेको बताउछन् । सबैभन्दा पहिला रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने यहाँका स्थानीयवासीको माग छ । राजनीतिक शक्तिको आडमा रहेर रातारात सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनाउने गलत प्रवृत्ति छ । त्यसलाई रोक्न र सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण गर्दै बाल खेल संसारको योजना समितिले ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार