१३ माघ २०७९, शुक्रबार
आम निर्वाचन-२०७९
राजनीति

महिला कोटाका ७६ सीटमा जनजाति र खसआर्यकै बर्चश्व, थोरैलाई मात्र शीर्ष नेताको आशिर्वाद

प्रकाशित मिति :  २२ मंसिर २०७९, बिहीबार १४:०२


२२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरुले पाउने सीट संख्या निर्धारण गरेपछि प्रमुख तीन दलमा समानुपातिकबाट सांसद बन्न महिला-महिलाबीचमा रस्साकस्सी सुरु भएको छ । समानुपातिकमा पुरुषतर्फ नेपाली कांग्रेस ३ जनालाई बनाउन सक्नेछ भने नेकपा एमालेले १५ जनालाई सांसद बनाउन पाउने छ ।

समानुपातिकतर्फ ७ कलष्टर राखिएका छन् । जसमा आदीवासी जनजाती र खसआर्यबाट धेरै पहिलाहरु पर्दैछन् । आदीवासी जनजाती र खसअर्यतर्फ धेरैको नाम बन्दसूचिमा रहेकाले तोकिएको कलष्टरबाट सांसद बन्न महिला नेतृहरुबीचमै हानाथाप सुरु भएको छ । धेरै जसो शक्ति केन्द्रमा रहेको नेताहरुकै परिवार बन्दसूचीमा राखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा पत्नी आरजु राणा देउवा कांग्रेसको महिला समानुपातिक खसआर्यको तीन नम्बरमा रहेकी छन भने गृहमन्त्री बाकृष्ण खाँण पन्ती मञ्जु खाँण ७ औँ नम्बरमा रहेकी छन् । एमालेबाट रामबहादुर थापाकी पत्नी नैन कला थापा खस आर्यको पहिलो नम्बरमा परेकी छन् ।

कलष्टर अनुसारको नम्बरमा परेका महिला नेतृहरु यतिबेला सांसद बन्नका लागि पार्टीका शीर्ष नेताहरुको घरदैलो अभियानमा लागेका छन् । कांग्रेसबाट सभापति देउवाले नै अन्तिम निर्णय गर्ने भएकाले उनीमाथि सवै क्षेत्रका महिलाहहरुको दवाव बढेको छ । निर्वाचन आयोगले अन्तिम पटक ताकिएको संख्यामा नाम र कलष्टर मिलाएर पठाउन दलहरुलाई मौका दिने भएकाले पनि समानुपातिकमा अझै चलखेलको आशंका गरिएको छ ।

नेकपा एमाले र माओवादीमा पनि अन्तिम निर्णय अध्यक्षहरुले नै गर्नेछन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पनि यतिबेला कलष्टर अनुसार महाला उम्मेदवार छनोटको दवावमा छन् । एमालेले १५ जना पुरुषलाई राख्न पाउने भएपनि सात कलष्टरमा आदिवासी र खसआर्यकै बर्चश्व देखिएको छ । माओवादीले १२ जनालाई सांसद बनाउँदैछ ।

यस हिसावले सत्ता गठबन्धनबाट ३९ जना महिला समानुपातिक कोटाबाट सांसद बन्दैछन् । नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाएका कारण उसका समानुपातिक सांसद निर्वाचित हुने छैनन् । कलष्टर अनुसार एमालेले पाउने ३४ सांसदमध्ये आदिवासी जनजातितर्फ १०, खसआर्यमा ११, थारुमा २, दलीत ५, मधेसी ५, मुस्लिममा १ र पछिडिएको क्षेत्रमा १ जना प्रतिनिधि पठाउनेछ ।

यस्तै नेपाली कांग्रेसले प्राप्त गरेको ३२ समानुपातिक सांसदमध्ये २९ जना महिला हुनेछन् भने ३ जना पुरुषले सांसद बन्ने अवसर पाउनेछन् । सात कलष्टरमध्ये तीन कलष्टरले मात्र भाग पाउने देखिएको छ । कांग्रेसले ३२ जनामध्ये आदिवासी जानजातिको ९, खसआर्यमा १०, थारु २, दलित ५, मधेसी ५, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जनालाई सांसद बनाउनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकमा ७६ जना महिलालाई प्रतिनिधित्व गराउनु पर्ने जनाएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि आयोगले कानुनी व्यवस्थाअनुसार संघीय संसदमा महिलाहरुको एक तिहाई प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ७६ महिला पठाउनु पर्ने जनाएको हो ।

१ सय १० सदस्य समानुपातिकमा ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानुपातिकतर्फ प्रतिनिधित्व गराउनु पर्छ । अन्य दलहरुले थ्रेसहोल्ड कटाएका छैनन् ।

एमालेको प्रत्यक्षमा ४४ स्थानमा जित हासिल गरेको र समानुपातिकतर्फ ३४ जनालाई निर्वाचित भएका छन् । त्यसैगरी एमालेको राष्ट्रिय सभामा १६ सांसद रहेका छन् । एमालेको संघीय संसद ९४ सदस्य रहेको छ । जसको आधारमा कम्तीमा ३२ जना महिला हुन आवश्यक छ । एमालेको राष्ट्रिय सभामा ९ जना महिला सांसद छन् । त्यसैगरी प्रत्यक्षमा निर्वाचित ४४ जनामध्ये ४ जना महिला रहेका भएकाले उसले १९ जना पठाए संविधानअनुसार कोटा पुग्छ ।

यसरी थ्रेसहोल्ड कटाएका दलहरुले अब निर्वाचन आयोगलाई समानुपातिकबाट निर्वाचित हुने सांसदहरुको अन्तिम सूची सदर गर्नुपर्छ । यसका लागि सबैभन्दा समस्या कांग्रेसका देखिएको छ । कांग्रेसका गोपालमान आदीवासी जनजातीको पहिलोमा रहेका छन् । खसआर्यमा पार्टी प्रवक्ता प्रकाशशरण महत र मधेशीमा नेता विमलेन्द्र निधि रहेका छन् । यी तीनलाई सांसद बनाए पिछडिएको क्षेत्र, मुस्लिम र दलितले कोटा नपाउने अवस्था छ ।


9.49k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता