१३ माघ २०७९, शुक्रबार
आमनिर्वाचन-०७९
राजनीति

एमालेले छान्यो समानुपातिक सांसद, व्यापारीदेखि चर्चका सञ्चालकसम्म परे

प्रकाशित मिति :  २३ मंसिर २०७९, शुक्रबार ०८:५४


२३ मंसिर, काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद छानेर निर्वाचन आयोग पठाउने तयारी गरेको छ । आयोगले सीट संख्या तोकेपछि शुक्रबार सचिवालय बैठकबाट अनुमोदन गराएर आयोग पठाउन लागेको हो । प्रत्यक्षतर्फ ४४ सीट जितेको एमालेले समानुपातिक तर्फ ३४ सीट पाएको छ । समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएपछि समानुपातिक तर्फका ३४ सांसद छान्न सचिवालय बैठक बोलाएको हो ।

समानुपातिकतर्फ एमालेले अन्य दलभन्दा धेरै मत पाएपछि निर्वाचन आयोगले दिएको सीट संख्यामा १९ महिला र १५ पुरुषलाई सांसद बनाउने तयारी गर्दै प्रस्ताव पनि अघि बढाएको छ । एमालेले तयार पारेको प्रस्तावमा खसआर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातितर्फ ५ महिला र ५ पुरुष, मधेशीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारुतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने छ । खस आर्य समुहबाट ५ पुरुष पठाउँदा रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही, खिमलाल पोखरेल पर्ने निश्चित भएको छ । त्यसैगरी खस आर्यका ६ जना महिलामा मेनका पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला र सम्झना थपलिया पर्ने छन् ।

यस्तै आदिवासी जनजातितर्फ १० मध्ये ५ महिला र ५ पुरुष पठाउनुपर्ने छ । यसअनुसार आदिवासी जनजाति पुरुष ५ जनामा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल रहेका छन् भने आदिवासी जनजाति महिलातर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी रहेका छन् । यसैगरी एमालेले दलित ५ जना पठाउनुपर्ने छ । त्यसअन्तर्गत दलिततर्फ २ पुरुषमा ईश्वरबहादुर रिजाल विश्वकर्मा, प्रभु हजारा दुसाध पर्नेछन् ।

महिलामा रुक्मिणी राना बराईली, हर्कमाया विश्वकर्मा र ईन्दिराकुमारी पन्थी रहेका छन् । मधेसी ५ सीटमा एमालेले पुरुषतर्फ २ जना पठाउने प्रस्ताव गरेको छ । गंगाप्रसाद यादव र अमृतलाल राजवंशी तथा महिलामा विनिता देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी मुखिया पर्नेछिन । एमाले थारु महिला र पुरुष एक-एक जना पठाउने प्रस्ताव गरेको छ । थारु पुरुषको एक नम्बरमा सत्यनारायण चौधरी र महिलामा अस्माकुमारी चौधरी छन् ।

मुस्लिम एक महिला पठाउँदा बन्दसूची अनुसार रुही नाज पर्छिन् । खास आर्यबाट बन्द सूचीमा रहेका शाहीले पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व गर्दछन् भने आदिवासी जनजातिका पुरुषमा पर्ने कालुराम राई दृष्टिविहीन हुन् । जनजाति आदिवासीको पहिलो नम्बरमा रहेका भट्टचन गत आमनिर्वाचनमा नेपाली कांग्रेसको आदिवासी जनजातिको सूचीमा रहेका थिए ।

त्यसैगरी मधेशी महिलाको दोस्रो नम्बरमा रहेकी अग्रहरी चुनावको ठिकअघि जसपाबाट एमालेका प्रवेश गरेकी हुन । त्यसैगरी मुस्लिम महिलातर्फ पहिलो नम्बरमा रहेकी रुही नाज पनि जसपाबाटै एमालेमा आएकी हुन् । मधेसी पुरुषमा रहेका अमृतलाल राजवंशी पनि कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् ।


2.15k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता