१३ माघ २०७९, शुक्रबार
अनियमितता
सशस्त्र प्रहरी

बाराको सशस्त्रमा सुमेको आंतक, आउट जाँदा कोशेली अनिवार्य

प्रकाशित मिति :  २३ मंसिर २०७९, शुक्रबार १२:२५


२३ मंसिर, कलैया । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा केहीदिन पहिले सिपाही घनश्याम चौधरीले आत्महत्याको प्रयास गरे । उनले चक्कु प्रहार गरि आफैलाई घाइते बनाएपछि उनलाई तत्काल उपचार गर्न लगियो । अहिले उनको अवस्था सामान्य छ ।

त्यसैगरी केहीदिन अघि मात्र गणेश घर्ती मगरको व्यारेकबाट दश हजार रूपैयाँ चोरी भयो । चोरीको कुनै खोजबिन भएन । बरू उल्टो अन्य सिपाहीहरूबाट रकम उठाउन थालिएको छ । यो समाचार तयार पार्दा समेत चार हजार जम्मा भएको छ र उक्त रकम सुवेदार मेजर सई ईश्वर भट्टराईसँग रहेको छ ।

सशस्त्र प्रहरीको गणभित्रको यो घटनाले गणमा धेरै मनोमानी, अनुशासनहिनता र चरम लापरवाही छ भन्ने कुराको पुष्टि हुन्छ । आत्महत्याको प्रयास गरेका सिपाही घनश्याम चौधरीले बिदा नपाएको कारण उक्त कार्य गरेको खुलासा भएको छ । सुवेदार मेजर ईश्वर भट्टराईसँग बारम्बार बिदा मागेका चौधरीले बिदा नपाएपछि आत्महत्याको प्रयास गरेको सार्वजनिक भएपछि गणभित्र हुने अत्याचारको उजागर भएको हो ।

बिदा छोड्दा होस् या आउट छोड्दा होस् पहिले रक्सी ख्वाउनुपर्ने त्यसपछि मात्रै बिदा वा आउट पाउने र गएपछि सुवेदार मेजरलाई कोशेलीपात अनिवार्य रूपमा ल्याउनुपर्ने अघोषित नियम नै सशस्त्र १२ नम्बर गणमा छ । त्यस्तो चाकडी नगर्नेको बिदाको कुरा सुमे भन्दा माथि रिपोर्टिङ नै नहुने गरेको गणका धेरै जुनियर अफिसरसम्मकाहरू बताउँछन् । बारा घर हुने हुन् वा कोठा लिएर भाडामा परिवारसँग बसेका हुन, उनीहरूसमेत आफ्नो डियुटी सकेपछि पनि जान पाउँदैनन । जानका लागि मदिरा सेवन गराउनुपर्ने हुन्छ ।

त्यतिमात्र होइन गणबाट मातहतका बीओपी र बेशहरूमा खटाउँदा पनि सुवेदार मेजरको सेवा नगरी नहुने बाध्यता रहेको गणका सिपाही हवल्दारहरूको गुनासो रहेको छ । यी सबै कुराको जानकारी गणपतिसम्म मात्रै होइन डीएसपीहरू कहाँ समेत पुगेको हुँदैन । गणभित्रको यो अन्याय अत्याचारको बिषयमा जानकारी लिन खोज्दा गणपति एसपी राजेन्द्र थापा बिदामा रहेको र निमित्त प्रमुख अमर खत्री रहेको जानकारी दिइयो ।


3.17k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता