२३ मंसिर, काठमाडौं । सरकारले किसानको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै किसानहरुले धर्ना दिएका छन् । शुक्रबार बिहान १० बजे माइतीघर मण्डलामा नेपाल किसान महासंघको नेतृत्वमा किसानहरुले मण्डलास्थित सडकमा धर्ना सुरु गरेका हुन् ।
उनीहरुले सरकारले धानको समर्थन मूल्य तोके पनि किसानले मूल्य नपाएको र बिचौलियालाई सस्तोमा धान बिक्री गर्न बाध्य भइरहेको गुनासो गरे ।
मन्त्रिपरिषद्ले गत कात्तिक १६ मा प्रतिक्विन्टल मोटा धानको २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य ताेकेका थियाे । तर कार्यान्वयन हुन सकेको छैन ।