२३ मंसिर, धनगढी । लम्कीचुहा नगरपालिकाको कार्यालयमा लगाइएको ताला तोडिएको छ। सरकारी सम्पत्ति दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाले लगाएको ताला तोडिएको हो ।
प्रहरीको सहयोगमा शुक्रबार नगरपालिकाले नै ताला ताेडेको हाे । पुराना मोटरसाइकल चालु अवस्थामा रहेकै बेला नयाँ मोटरसाइकल किनेर भ्रष्ट्राचार गरेको नेकपाको आरोप छ ।
सार्वजनिक खरिद ऐन विपरीत काम गरेको, नगर प्रमुखले व्यक्तिगत लाभका लागि सरकारी सम्पत्ति दुरुपयोग गरेको, आवश्यकता र औचित्यहीन महंगो सवारी साधन खरिद गरेर सरकारी बजेटमा ब्रमलुट मच्चाएको लगायत बुँदा राखेर नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरिएको थियो ।
खरिद गरी ल्याइएका मोटरसाइकल फिर्ता गर्न समेत चेतावनी दिँदै ताला लगाइएको थियो ।