१३ माघ २०७९, शुक्रबार

सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीलाई

प्रकाशित मिति :  २३ मंसिर २०७९, शुक्रबार १७:३८


२३ मंसिर, काठमाडौ । पूर्व नम्बर एक गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको उपाधि हात परेका छन् । सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नगरकोटी विजेता बनेका हुन् ।

भुवनले ४–अन्डर ६४ को स्कोरसहित समग्रमा १४–अन्डर २ सय ५८ को नतिजामा उपाधि जितेका छन्। उपाधिसहित भुवनले एक लाख १६ हजार प्राप्त गरे। उनको यो खेल करियरको दशौं उपाधि हो ।

६–अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५–अन्डर २ सय ६७ सहित दोस्रो भए। उनले ७८ हजार प्राप्त गरे । इभन–पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १–अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए ।

पहिलो दुई दिनका लिडर रवि खड्काले ४–ओभर ७२ स्कोरमा खेल सकाउँदा समग्रमा ३–ओभर २ सय ७५ मा चौंथो स्थान प्राप्त गरे। तेस्रो र चौंथो भएका शुक्र र रविले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपालको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र पाँच एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र एनपिजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता