भलिबल खेल्न नेपाली टोली ढाका प्रस्थान
नेपालबहस संवाददाता
पुस ५, २०७९ मंगलबार २०:२:३१
५ पुष, काठमाडौं । बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ ।
ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलङ्का गरी चार राष्ट्रले भाग लिनेछन् ।
प्रतियोगितामा चार टोलीले मात्र भाग लिने भएकाले सबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । सहभागी टोलीले राउन्ड रोबिन लिगका आधारमा खेल्नेछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा पुस ७ मा हुनेछ । जसमा नेपाल र आयोजक बङगलादेश प्रतिष्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेल पुस ८ मा श्रीलङ्काविरुद्ध खेल्नेछ भने लिग चरणको अन्तिम खेल पुस ९ गते कीर्गिस्तानसँग हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस ११ मा हुनेछ ।
प्रतियोगितमा सहभागिता जनाउन जाने नेपाली टोलीलाई यसअघि नै नेपाल भलिबल सङ्घले सफलताको शुभकामना दिर्दै विदाइ गरेको थियो ।
नेपाली टोलीमा रवि केसी, सन्तोष खत्री, धिरोजकुमार बस्नेत, अर्जुन नेपाली, रुपबाहदुर गुराउ, विष्णु बस्नेत, सन्तोष महता, सफल विक, मनिष मानन्धर, हेमन्त मल्ल, देवप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भिमराज गुरुङ रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता शुरु
बैशाख ४, २०८१ मंगलबार
नयाँ वर्षमा गलकोटमा वाटर भलिबल गेम हुने
चैत २८, २०८० बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार