तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार १०:४५:१६
आजको पात्रो : ६ पुस २०७९, बुधबार । तद्नसार डिसेम्बर २१, २०२२ । पौषकृष्णपक्ष त्रयोदशी, गर करण, विशाखा नक्षत्र, धृति योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५० मा हुनेछ भने सूर्यास्त ५ः१४ मा हुनेछ । बुधबार घर गृहस्थका कार्य गर्दा राम्रो हुन्छ । आजका देवता जलदेवी ग्रहदेव राहु हुन् । आर्थिक कारोबारका लागि बुधबार शुभ रहेको छ । फलामका सामान खरिद गर्न आजको दिन शुभ रहेको छ । आज ११ः४२ देखि १२ः२३ सम्मको समय अभिजित मुर्हूत रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । बुधबारको दिन निर्माणसम्बन्धी कार्य गर्दा राम्रो हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- तपाईले गर्नुभएको सत्कार्यबाट मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । तपाईको मन प्रवल हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राको लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु वेश हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले नजिकै रहेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- मिथुन राशिका जातकका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएमा सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- तपाईको मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै वेश हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- व्यापार व्यवसायबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आजको दिन सकेसम्म विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा अनेक आरोप आउँछन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । व्यापार व्यवसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- व्यापार व्यवसायबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्न अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- आजको दिन आफ्नो आम्दानीबाट भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने फाइदा पुग्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र निस्कनु होला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्नेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर व्यवहारका लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार