२४ माघ २०७९, मंगलवार

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको २० प्रतिशत लाभांश घोषणा

प्रकाशित मिति :  ६ पुष २०७९, बुधबार १२:३७


६ पुष, काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७८/७९ को वितरणयोग्य नाफाबाट कुल चुक्ता पुँजी १२ करोडको १० प्रतिशत बोनस शेयर र १० ले हुने रकम १२ करोड कर प्रयोजनका लागि समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बोनस र नगद गरी कुल २४ करोड रुपैयाँ अर्थात २० प्रतिशत बराबरको लाभांश वितरण गर्न लागेको हो । राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाबाट स्वीकृति भएपछि लगानीकर्तालाई लाभांश वितरण गरिने छ ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा