तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
पुस ११, २०७९ सोमबार १०:४५:१२
आजको पात्रो: ११ पुस २०७९, सोमबार । तद्नुसार डिसेम्बर महिनाको २६ तारिक २०२२ । पौषशुक्लपक्ष चर्तुर्थी, बणिज करण, श्रवण नक्षत्र, हर्षण योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः५२ मा हुनेछ भनेसूर्यास्त ५ः१५मा । विहान ११ः४४ देखि १२ः१५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । सोमबारको दिन शिवालय र देवालयको यात्रा शुभ हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा कार्य उत्तम हुनेछ । धार्मिक कार्यका लागि दिन शुभ रहेको छ । आजको दिन राजनीतिकसम्बन्धी शुभारम्भ कार्य गर्दा उपयुक्त समय रहेको छ। नयाँ कार्य, नयाँ बस्त्र, कार्यालय र व्यापारको शुरुवातको लागि पनि दिन अति उत्तम रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ):- मेष राशिका जातकको लागि अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट सोचे भन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ त्यसैले ध्यान दिनु होला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो):- वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईलाई मान सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आजको समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आजको दिन तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानि हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नक्छि । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते):- तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने संभावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु):- आजको दिन विश्चिक राशिका जातकले स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे):- तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):- तपाईले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । शिवालयको ध्यान साधना गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द):- मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- मीन राशिका जातकले आजको दिन धनलाभ हुनेछ । चन्द्रमाको साथ रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुनसक्छ । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सिर्जनात्मक काममा ध्यान दिनुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार