तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
पुस २०, २०७९ बुधबार ११:२४:३
आजको पात्रो : २० पुष बुधबार, २०७९ । तद्नुसार जनवरी ४ तारिक २०२३ । पौषशुक्ल त्रयोदशी, कौलव करण, रोहिणी नक्षत्र, शुभ योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५६ र सूर्यास्त ५ः२२ मा हुनेछ । बुधबार घर गृहस्थ सम्बन्धी कार्य गर्नु उत्तम हुनेछ । आजका देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् । आर्थिक कारोबार र ऋण लिनका लागि आजको दिन उपयुक्त रहेको छ । यात्राका लागि दिन शुभ रहेको छ । अचल सम्पत्तिका लागि कारोबार नगर्नुहोला । उत्तर दिशा फर्केर यात्रा गर्दा अशुभ हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ):- मेष राशीका जातकका लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । आज नयाँ कामको थालनी समेत हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । घर गृहस्थको बारेमा आफन्तसँग विवाद हुनसक्छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनका काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । नियमित कामबाहेक अन्य काममा चासो नदिनु वेश हुनेछ । मौन रहनु उत्तम हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आजको दिन कर्कट राशीका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपमान हुनसक्छ । घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै वेश हुनेछ । नियमित काम मात्र गर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले विवाद नगर्नुहोला । कुनै नयाँ काम सुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । कुमारी कन्यालाई भोजनको व्यवस्था गरिदिनुहोला ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आजको दिन सुरु गरेको काम सफल हुनेछ । आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । कन्यालाई भोजन र दान दिनुभएकामा उन्नती र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले सकारात्मक सोच आउने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- कुम्भ राशीका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा आफूबसेको स्थान नजिकको मठमन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईको कामको अबमूल्यन गर्नसक्छ । परिवारमा अनावश्यक विवाद पनि हुनसक्छ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । यात्राका लागि अवसर आउनसक्छ । तपाईले सोचअनुसारको काम हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ । तपाईको आज सोचअनुसार काम हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका टोपबहादुरसहितले सर्वोच्चमा दिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार
श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार
मार्फा गाउँको स्याउ बारी
बैशाख १३, २०८१ बिहिबार