पोखरामा ८ माघदेखि अन्तर्राष्ट्रिय भलिवल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
पुस २१, २०७९ बिहिबार १७:५९:४
२१ पुष, पोखरा । पोखरामा माघ ८ गतेदेखि तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लव महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताको तयारी सुरु भइसकेको जनाएको छ ।
माघ १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विदेशी टिमसहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार प्रतियोगितामा महिला र पुरुषतर्फ ५–५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ साविक विजेता त्रिभुवन आर्मी क्लबसहित नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी वलको ‘एपिएफ’ क्लव, गण्डकी प्रदेश र एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका सहभागी हुने छन् ।
महिलातर्फ विदेशी टिम केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारतसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी वलक ‘एपिएफ’ क्लव र न्यू डायमण्ड स्पोर्टस क्लब सहभागी हुनेछन् ।
प्रतियोगितामा दुवैतर्फ विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । अघिललो वर्ष विजेताले २ लाख ५० हजार मात्रै पुरस्कार पाएका थिए । दोश्रो हुनेले २ लाख ५० हजार पाउँदा तेश्रो हुने टिमले १ लाख २५ हजार र सान्त्वना हुने टिमले ६५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछ ।
महिला तथा पुरुषतर्फ दुवैतर्फ उत्कृष्ट १–१ खेलाडीले जनही २५–२५ हजार पाउने अध्यक्ष शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १०–१० हजार र ट्रफीसहित प्रदान गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते दशैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल हुने
चैत १५, २०८० बिहिबार
पुरुष एनभिए भलिबल च्याम्पियनसिपमा तेस्रो भयो पुलिस क्लब
चैत १०, २०८० शनिबार
आजदेखि आठौं एनभीए महिला-पुरुष भलिबल च्याम्पियनसिप
चैत ३, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार