१३ माघ २०७९, शुक्रबार
वैदेशिक रोजगार
प्रशासन

आजदेखि सबै प्रदेशबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिन सकिने

प्रकाशित मिति :  २४ पुष २०७९, आईतवार ०९:४४


२४ पुष, काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुका लागि श्रम स्वीकृति लिन सहज भएको छ । आइतबारबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ । अरु प्रदेशमा सुरु भइसकेको छ ।

काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थपिएको हो । यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृतिलगायत सेवा पोखरा र बुटवलबाट सुरु गरिएको थियो । सर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिइँदै आएको छ ।

चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान गरिने भएको हो । स्वीकृतिका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन । सबै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था गरिएको छ । श्रम मन्त्रालयले समयमै श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन आग्रह गर्दै आएको छ ।

वैदेशिक श्रम स्वीकृतिमा अनलाइन प्रणाली पूर्ण रूपमा लागू गरी नागरिकलाई प्रविधिमैत्री सरकारी सेवासुविधा दिन सफल भएको भन्दै वैदेशिक रोजगार विभागलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको पनि मन्त्रालयले जनाएको छ । सेवाग्राहीहरुले भने अनलाइन फारममा समस्या आउने गरेको बताएका छन् ।


26
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता