भलिबल प्रतियोगिता : पुलिस र आर्मीको जित
नेपालबहस संवाददाता
पुस २४, २०७९ आइतबार १८:४७:१
२४ पुष, काठमाडौं । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।
खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले जित्यो । तेस्तै तेस्रो सेट पुलिस क्लब २५–८ ले विजयी भयो । यस जितसँगै पुलिसले प्रतियोगितामा तीन अङ्क जोडेको छ ।
यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लब कृष्ण माध्यमिक एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ । आर्मीले कृष्ण माध्यमिक एकेडेमीमाथि पहिलो सेट २५–३ ले पराजित ग¥यो भने खेलको दोस्रो सेट २५–५ ले हरायो । त्यस्तै आर्मीले खेलको तेस्रो सेट २५–१० आफ्नो पक्षमा पार्दै आफ्नो टोलीको जित सुनिश्चित गर्यो ।
च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते दशैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल हुने
चैत १५, २०८० बिहिबार
पुरुष एनभिए भलिबल च्याम्पियनसिपमा तेस्रो भयो पुलिस क्लब
चैत १०, २०८० शनिबार
आजदेखि आठौं एनभीए महिला-पुरुष भलिबल च्याम्पियनसिप
चैत ३, २०८० शनिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार