२४ माघ २०७९, मंगलवार

साना किसान विकास लघुवित्त वित्तीय संस्था नेपाल क्लियरिङ हाउसमा आबद्ध

प्रकाशित मिति :  २७ पुष २०७९, बुधबार २१:२०


२७ पुष, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा साना किसान विकास लघुवित्तका संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा। नवराज सिम्खडा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौतासँगै साना किसान विकास लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस ‘एनपीआई’ सँग जोडी नेशनल पेमेन्ट स्वीच ‘एनपीएस’ अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।

साना किसान विकास लघुवित्तले एनसीएचएल(आईपीएस र आरपीएसरकनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु गर्न सक्ने संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबार पनि गर्न सकिने कम्पनीले बताएको छ ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा