२४ माघ २०७९, मंगलवार

स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने

प्रकाशित मिति :  २८ पुष २०७९, बिहीबार १२:३२


२८ पुष, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गर्न लागेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २२ प्रतिशतले हुने रकम ११ करोड ३१ लाख १ हजार ८०७ रुपैयाँ बोनस शेयर दिने निर्णय गरेको हो ।

साथै, उक्त शेयरमा लाग्ने कर प्रयोजनका लागि १.१५७ प्रतिशतले हुने रकम ५९ लाख ५२ हजार ७२७ रुपैयाँ नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्ताव गरीएको उक्त बोनस शेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि शेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा