२८ पुष, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर र नगद गरी कुल २५।२६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३।२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्ताव गरीएको उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि शेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ ।