राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २२:३:७
२९ पुष, काठमाडौं । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले सशस्त्र प्रहरी बल ‘एपिएफ’लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’को कभर्डहलमा आज भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
खेलमा पहिलो सेट आर्मीले २५-२० ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट एपिएफले क्रमशः २५-१९ र २५-१३ ले जितेको थियो । तर आर्मीले चौथो र पाँचौ सेटमा क्रमशः २५-२२ र १५-५ को जित निकाल्दै आर्मी समूह विजेता बन्यो भने एफिएफ उपविजेता बन्यो ।
अब सेमिफाइनलमा आर्मीले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै सेमिफाइनल खेल भोलि हुनेछन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख तेस्रो हुने टोलीले रु एक लाख पाउने आयोजकले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
धनकुटाको हिलेमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता शुरु
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार