जिल्लाकै उत्कृष्ट सहकारी बन्यो सिम्रिक साकोस
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १८:३८:३२
२ माघ, झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. झापा जिल्लाकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थामा छनौट भएको छ । जिल्ला सहकारी संघको २६ औं बार्षिक साधारणसभामा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. लाई संघले सम्मानीत गरेको हो ।
२०६७ सालमा झापाको बिर्तामोडमा स्थापना भएको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले छोटो समयमा अत्यन्तै ठूलो फड्को मारेको छ । प्रदेश नं. १ का तराई तथा पहाडी जिल्ला मिलाएर ४ वटा जिल्लामा कार्यक्षेत्र बिस्तार गरी शेयर सदस्यहरुलाई सेवा पुर्याई रहेको सिम्रिक साकोसका झापा, ईलाम, पा“चथर र मोरङमा ५८ वटा सेवा केन्द्रहरु रहेका छन् ।
झण्डै अन्ठाउन्न हजार शेयर सदस्य रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले बचत तथा ऋणको कारोबारका अलावा बिभिन्न सामाजिक सेवाको क्षेत्रमा समेत उल्लेख्य कार्य गरेको छ । झापा जिल्ला सहकारी संघमा आबद्ध रहेका प्रारंभिक सहकारी संस्थाहरु मध्येबाट सिम्रिक साकोस उत्कृष्ट बन्न सफल भएको हो । रु. दशहजार पा“चसय पचपन्न (१०,५५५।–) राशी सहित पुरस्कृत भएको सिम्रिक साकोसले सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेका कामहरुका बारेमा समेत कार्यक्रममा चर्चा गरिएको थियो ।
साधारणसभा कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सञ्चालक समितिको तर्फबाट तैयार गरिएको बार्षिक प्रतिबेदन बाचन गरेर सुनाएका थिए । संघमा हाल ४८८ वटा प्ररम्भिक सहकारी संस्थाहरु तथा केहि बिषयगत संघहरु सदस्यमा आबद्ध रहेको अवगत गराउदै अध्यक्ष ढकालले बिषम आर्थिक अवस्थाको बर्तमान घडीमा पनि झापा जिल्लामा कार्यरत बचत तथा ऋण सहकारी संस्थाहरुले तरलताको अभाव हुन नदिनका लागि अत्यन्तै सजगता अपनाई काम गरिरहिएको र हालसम्म त्यस्तो कुनै अभावको सामना गर्नु नपरेको बताएका थिए ।
उक्त कार्यक्रममा बिशिष्ठ अतिथि पूर्व गृहराज्यमन्त्री तथा राष्ट्रिय सहकारी संघका पूर्व राष्ट्रिय अध्यक्ष दिपक प्रकाश बास्कोटाले सहकारी भनेको प्रजातन्त्र र समाजबादको पाठशाला रहेको बताएका थिए । बिशिष्ठ अतिथि बास्कोटाले सहकारी भनेको शाहु र आसामीको मात्रै काम गर्ने क्षेत्र होईन भन्दै सहकारीको शिद्धान्त, भावना र मर्म अनुरुप काम गर्न सके सदस्यले कर्जा मात्रै हैन अन्य धेरै सबिधि पनि सहकारीबाट पाउने बातावरण रहेको बताएका थिए ।
कार्यक्रम जिल्ला समन्वय समिति झापाका प्रमूख विश्व बरालको प्रमूख अथित्यतामा सम्पन्न उक्त साधारणसभामा स्वागत मन्तब्य जिल्ला संघका बरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार गिरीले गरेका थिए, भने कार्यक्रम सञ्चालन संघका सचिव भवानी प्रसाद दंगालले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
एउटाबाट प्रहरीले सफाई दिएका गुरुङ अर्को सहकारी ठगीमा समातिए
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार