२ माघ, काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान ९एन–एएनसी विमान दुर्घटना हुँदा १५ विदेशी नागरिकसहित ७२ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परेका अधिकांश यात्रुलाई जलेर अवस्थामा फेला परेका छन् । हवाई जहाजका यात्रुहरुको दुर्घटना बीमा रकम मृतकको सदगदीपछि आवश्यक कागजात प्राप्त भएलगत्तै भुक्तानीको प्रक्रियामा लग्ने बताएका छन् । बीमा प्रधिकरणका अध्यक्ष सूर्य सिलवालले बीमा रकम उप्लब्धतामा समस्या नरहेको बताएका छन् ।
शवको सदगतीपछि कागजातसहित आउन र प्रमाण लिएर मागदाबी गर्नेहरुको हकमा बीम रकम उप्लब्ध हुनेमा शंका नगर्न पनि उनले आग्रह गरेका छन् ।
बीमा प्रक्रियालाई सहज र मृतकका आफन्तहरुको पीडामा सहजीकरणकाे माध्यामबाट सघाउ पुर्याउनेबारे प्राधिकरणले सक्दो सहयोग गर्ने र यसबारे सरकारका विभिन्न निकायहरुसँग छलफल भइरहेको उनले बताए ।