३ माघ, काठमाडौं । देशैभर नेपाल टेलिकमको मोबाइल सेवा झण्डै एक घण्टा अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो ।
सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका थिए । अहिले सेवा सुचारू भएकाे छ । टेलिकमको आधिकारिक वेबसाइटसमेत अझै अवरुद्ध छ । सेवा अवरूद्ध भएकोबारे टेलिकमले कुनै जानकारी दिएको छैन ।