१३ माघ २०७९, शुक्रबार

ईपीएस प्रणालीमार्फत कोरिया जाने कामदारको हवाई भाडा ३०० डलरले घट्यो

प्रकाशित मिति :  ३ माघ २०७९, मंगलवार १७:२५


३ माघ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारीबाट भाडा घटाइएको हो ।

अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक डलर बराबर १३०.८५ रुपैयाँ हुँदा १ लाख १७ हजार १०८.३३ रुपैयाँ) तिर्नुपर्ने हुन्छ । यसअघि ईपीएसमार्फत कोरिया जाने कामदारहरूले १२०० डलरभन्दा बढी पैसा तिर्दै आएका थिए ।
यस्तै सम्झौता अनुसार ईपीएसमार्फत कोरिया गएका श्रमिकको मृत्यु भएमा शव नेपाल ल्याउँदा लाग्ने हवाई भाडामा २० प्रतिशत छुट समेत दिइनेछ । उक्त सम्झौता एक वर्षसम्मको लागि लागू हुने रिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए ।

हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जनगुनासो आएपछि सरकारको निर्देशनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र ईपीएस कोरिया शाखाले हवाई भाडा घटाउन पहल गरेको थियो ।

कोरियन एयरले मात्र नेपालबाट सिधा उडान गर्ने व्यवस्थाका कारण भाडा महँगो हुन पुगेको थियो । ट्रान्जिट गरेर कामदार पठाउन नपाइने भएपछि नेपाली श्रमिकहरू एक मात्र एयरबाट कोरिया जान बाध्य छन् ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा