२४ माघ २०७९, मंगलवार

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट

प्रकाशित मिति :  ४ माघ २०७९, बुधबार १४:५८


४ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित अल्फा केयर प्रा. लि. गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

बैंकका ग्राहकहरुले स्टार हस्पिटल लिमिटेडका सेवाहरुमा अधिकतम १५% र अल्फा केयर प्रा. लि. का सेवाहरुमा अधिकतम १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा